बुटवल–नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल शमसेर राणाले पीसीआर टेष्टको लागि बढी भन्दा बढी सामान उपलब्ध गराइदिन प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् । नेपालगञ्जमा संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गएपछि उपमहानगर प्रमुख राणाले स्वास्थ्य सामग्री उपलब्ध गराउन साथै स्वास्थ्यकर्मी पनि थप गर्न माग गरे ।
लुम्बिनी टाइम्ससँग संक्षिप्त कुराकानी गर्दै नेपालगन्जका प्रमुख राणाले मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकास मन्त्री सुदर्शन बराललाई आफूले सो समस्या राखेको बताए । नेपालगन्जमा मंगलबार मात्रै थप ७ जना संक्रमित फेला परेपछि मुख्यमन्त्री शंकर पोखरेलले प्रमुख राणासँग टेलिफोन सम्पर्क गरी त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।
त्यस्तै सोमबार नेपालगञ्ज पुगेका प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि मेयर राणाको भेट भएको थियो ।
उपमहानगरप्रमुख राणाले नेपालगञ्जबासीलाई नहडबढाएर घरमै बसिदिन आग्रह गरेका छन् । मंगलबार विहान थप ७ जना संक्रमित फेला परेसँगै नेपालगञ्जमा संक्रमितको संख्या २२ पुगेको छ ।
नेपालगञ्ज उपमहागरपालिकाका प्रमुख धवल शमसेर राणाको भनाई जस्ताको तस्तै
हामीले उपमहानगरपालिकालाई ३ दिनको लागि पूर्ण रुपमा निषेधित क्षेत्र घोषणा गरेका छौं । निषेधित भनेको कर्पmयु जस्तै हो । कफ्र्यु भन्दा गोली हान्ने भन्ने बुझिएला त्यस्तो त होइन । तर कफ्र्यु जस्तै ३ दिन सम्म सबै चीज बन्द गरका छौं ।
संक्रमितहरुलाई हामीले शुशिल कोइराला क्यान्सर अस्पताल खजुरा लगेका छौं । बाँकी सम्पर्कमा आएकाहरुको पिसिआर टेष्ट भइरहेको छ ।
संक्रमितलाई सोधेर उनीहरुसँग नजिक भएकाहरुको सुचि बनाएर पिसिआर टेष्टको काम भइरहको छ । स्थानिय सरकार, गृह प्रसासनले गर्नपर्ने काम गरिरहेका छन् । त्रासमा नबस्नुस, सतर्क हुनुहोस्, संकटलाई समाधान गर्न तर्फ हामी सबै लागेका छौं । भनेर हामीले नगरबासीलाई भनेका छौं ।
धेरै नहडबढाएर घरमा बसिदिनुस भनेर आग्रह गरिरहेका छौं । बढी भन्दा बढी पिसिआर टेष्टको लागि सामान उपलब्ध गराइदिन प्रदेश र केन्द्र सरकारसँग माग गरेका छौं । स्वास्थ्यकर्मीहरु पनि थप गर्नुपर्ने हुन्छ ।
पिसिआर जाँचको लागि दुइ सेट तिन सेट स्वास्थ्यकर्मी चाहिन सक्छ । हिजो सामाजिक विकास मन्त्री सुदर्शन बरालजी आउनुभएको थियो । उहाँसँग पनि यसबारेमा कुरा भएको छ । आजै बिहान मुख्यमन्त्रीसँग पनि टेलीफोनमा कुरा भयो । मुख्यमन्त्रीले यहाँको बारेमा जानकारी लिनुभयो । ‘नेपालगन्जको अवस्थाले हामी सबै चिन्तीत छौं । तपाईँहरुलाई के सहयोग चाहिन्छ ? मिलेर अघि बढ्नुपर्छ भन्नुभएको छ । मैले आफ्नो कुरा बताएँ ।