Main Menu
Lumbini Times | Nepal's Independent News Portal.
हाम्रो बारेमा

हामी के गर्न चाहन्छौं ?

लुम्बिनी टाइम्स संसारलाई फरक तरिकाले हेर्ने एउटा आँखीझ्याल हो। मूलधारका भनिने परम्परागत मिडियाको विरासतको समाचारीय मूल्यको परिभाषालाई चुनौती दिदै आम जनताको दृष्टिबाट संसारलाई हेर्ने र विश्लेषण गर्ने एउटा साझा मझेरी हो-लुम्बिनी टाइम्स। विषयवस्तुलाई आममानिसको दृष्टिबाट पहिल्याउँदै आममानिसकै हितमा सूचना र समाचार उत्पादन र प्रकाशन/प्रशारण गर्ने हाम्रो ध्येय हो। 

यो स्वतन्त्र पत्रकारहरुद्वारा स्वतन्त्र रुपमा जनताको हितमा व्यवसायिक पत्रकारिता गर्नका लागि सञ्चालन गरिएको अनलाईन न्युज पोर्टल हो। 

प्रदेश ५ को बुटवलमा केन्द्रीय कार्यालय रहेको यो न्युज पोर्टलले अनलाईन पत्रकारितालाई सनसनी र हल्लाका आधारमा नभई तथ्यपरक ढंगले खोजमूलक समाचार र आममानिसका कथा पस्किने उदेश्य लिएको छ। अनलाईन पत्रकारिताका सकारात्मक पक्षको लाभ आम पाठकलाई दिन हामीले सबै तौरतरिका अपनाउने प्रयास गरेका छौं। 

हामीलाई सुझाव सल्लाह दिदै गर्नुहोला। 

 

के तपाइँ हामीसँग जोडिन चाहनुहुन्छ ?

हामीसँग जोडिन चाहनुहुन्छ भने - तपाइँ किन जोडिन चाहनुहुन्छ र हामीसँग रहुन्जेल के गर्न चाहनुहुन्छ लेखेर पठाउनुहोला। 

तपाईसँग समाचार कथाका लागि राम्रो आइडिया छ र तपाइँ व्यवसायिक पत्रकारितालाई अंगाल्न चाहनुहुन्छ भने तपाइँ हामीलाई लेखेर पठाउनुस्, हामी सँगसँगै अघि बढ्नेछौं।

हाम्रो इमेल ठेगाना :  [email protected]