बिनु ढकाल
भेरहवा । ‘स्वास्थ्य नै मानिसको सम्पती हो ।’ यो भनाइलाई साकार गराउन सिद्धार्थनगर नगरपालिकाले एक महत्वपूर्ण सबैका लागि उपयोगी हुन सक्ने सामाजिक अभियान लिएर आएको छ । त्यो हो गुट्खा र सुर्ति प्रतिबन्ध । व्यक्तिको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले गुट्खा र सुर्तिजन्य पदार्थ सेवन र बिकिैवितरणमा कडाइ गर्न लागिएको हो ।
नगरपालिकाको अभियानले सहर सफा र स्वच्छ रहनुका साथै मानिसको स्वास्थमा गुट्खा र सुर्तिजन्य पदार्थको सेवनबाट पर्न जाने नकरात्मक असरलाइ रोक्न सकिने बताउनुहुन्छ सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी ।
सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र विभिन्न व्यवसाय (पान पसल, किराना पसल लगायत) गरिरहनु भएका व्यवसायीहरुको पसलहरुबाट बिक्री बितरण हुदै आईरहेको गुट्खा प्रकृतीका सुर्ति जन्य तयारी पदार्थहरुको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सो बाट निस्कने फोहरले नगरको सौन्दर्यतामा समेत प्रतिकुल असर पारिरहेको हुँदा गुट्खा प्रकृतिका सुर्ति जन्य पदार्थहरु नगरको क्षेत्र भित्र विक्री वितरण गर्न प्रतिबन्ध लगाउने निर्णय गत मंसिर २८ गतेको कार्यपालिका बैठकले गरेको थियो ।
सिद्धार्थनगर नगरपालिकाका लेखा प्रमुख ओमेसकुमार गैरेले नगरपालिकाले प्रत्यक बर्ष सामाजिक बिकास बजेट अन्तर्गत यस्ता योजना ल्याइने गरेको जानकारि दिनुभयो ।
गुट्खा तथा सुर्तिजन्य पदार्थहरु बिक्री गर्न नपाउने गरी ३५ दिने सूचना प्रकाशन गर्ने र सो अवधि पश्चात पनि गुट्खा प्रकृतीका पदार्थका बिक्री वितरण गरेको पाईएमा प्रत्येक पटक व्यवसायीहरुलाई रु पाँच हजार जरिवाना लिने निर्णय नगरपालिकाले गरेको छ ।
तोकिएको समयावधी पश्चात समेत गुट्खा प्रकृतीका सुर्तिजन्य तयारी पदार्थ बिक्री वितरण गरेको पाइएमा नगरपालिकाले जफत गरी नष्ट गर्ने निर्णय गरेको सिद्धार्थनगर पालिकाका बरिष्ठ अधिकृत देवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
गुट्खा तथा सुर्तिजन्य पदार्थको बिक्री वितरणले जनस्वास्थ्यमा असर पार्ने तथा नगरको सौन्दर्य विगार्ने हुँदा व्यवसायी लाई विक्री वितरणमा प्रतिबन्ध लगाएको नगरपालिकाले जनाएको छ । सुरुको दिनमा यो अभियान चलाउन निकै समस्या देखिएको तर व्यवसायीहरुलाई नगरपालिकाले सम्झाई बुझाई गरे पछी व्यवसायीले कुरा बुझेर उक्त पदार्थहरु बिक्री नगरेर नगरपालिकालाई सहयोग गरेको ब्यवसायी हरिलाल मन्डल बताउनुहुन्छ ।
अहिले सडकमा पहिलेको तुलनामा अहिले गुट्खा सुर्ति जन्य पदार्थका खोलहरु कम देखिने गरेका छन् । तर नगरपालिकाले कडाइ गर्ने भने आगामी दिनमा पान पसल, किराना पसलमा पुर्ण रुपमा बिक्रीवितरणको काम रोकिने छ । व्यक्तिको स्वास्थ्यसँ जोडिएको विषय भएकाले नगरपालिकाको यो काममा व्यवसायीले साथ दिएका छन् ।
गुट्खा र सुर्ति जन्य पदार्थले जनस्वास्थ्यमा असर त गर्छ नै साथै आफ्नो ठाँउ शहर लाई पनि सौन्दर्यताको दृष्टिबाट खराव देखाउँछ भन्ने कुरा व्यवसायीहरुले बुझेका छन् । यद्यपी हामिसबैलाइ थाहा भयकै कुरा हो र स्वास्थकर्मिले पनि सचेत गराउदै आएका छन यस्ता सुर्तिजन्य पदार्थको सेवनले मानव स्वास्थमा गम्भीर असर पर्छ ।
सिद्धार्थनगर नगरपालिकाले चलाएको ग्ट्खा र सुर्ति जन्य पदार्थको प्रतिबन्ध अभियानलाई साकार बनाउनु सफलता दिलाउन नगरपालिकाले पटक पटक अनुगमन गरिरहेको नगरपालिकाका बरिष्ठ अधिकृत यादव प्रसाद सापकोटाले बताउनुभयो । सापकोटाले यसरी अभियान चलाउदा बिभिन्न किसिमका समस्याहरु आईपरेको तर पनि नगरबासीको स्वास्थ्यलाई ध्यानमा राखेर नगरको सौन्दर्यलाई बचाउनका लागी नगरपालिकाले जस्तो सुकै अवस्थामा पनि यो अभियानलाई सफल गराउने जानकारी दिनुभयो ।
‘हुन त हामी सबै नगरवासीको पनि यसमा उत्तिकै जिम्मेवारी र नगर को सौन्दर्यलाई बचाउने र जनस्वास्थयमा गुट्का तथा सुर्ति जन्य पदार्थको सेवनले पर्न गएको असरका बारेमा अवगत भै एक जिम्मेवार नगरबासीको कर्तव्य पुरा गर्छौ’, नगरवासी लिला आचार्यले भन्नुभयो ।
प्रा.डा. शतदल चौधरीले गुट्खा सुर्तिको सेवनले मानिसको स्वास्थमा नकरात्मक असर पर्नुका साथै क्यान्सर जस्तो प्राण घातक रोग लाग्न सक्ने भएकाले यसको सेवनबाट टाढै बस्न सल्लाह दिनुहुन्छ ।