बुटवल–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकासँग हुने भनिएको एमसीसी सम्झौता नेपालको हितमा रहेको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश ५ ले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बौल्दै अध्यक्ष थापाले अमेरिकासँग हुने भनिएको सम्झौता एमसीसी नेपालको हितमा रहेको बताए। एमसीसीबारे फैलाइएका गलत अफबाह चिर्न सरकाले आधिकारिक धारणा ल्याउनुपर्ने उनले बताए।
थापाले आगामी निर्वाचनमा पार्टीलाइ प्रमुख शक्तिको रुपमा स्थापित गराउने तयारी स्वरुप निर्धारित समय भन्दा ९ महिना अगावै पार्टी महाधिवेशनको तयारी थालिएको बताए।
नेपालको राष्ट्रियता र एकताको संरक्षणका लागि राजसंस्था सहितको लोकतान्त्रिक पद्यती अहिलेको आवश्यकता भएको भन्दै उनले यही सिद्धान्तको आधारमा जनताले आफनो पार्टीलाइ ठुलो शक्तिको रुपमा स्थापित गराउने पनि बताए।
अध्यक्ष थापाले आगामी महाधिवेशनमा नेतृत्वको दाबी नगर्ने पनि बताए। ‘अहिलेकै नेतृत्वलाइ नै निरन्तरता दिने चाहना भएको २१ महिना पहिले महाधिवेशन गरौ भन्ने प्रस्ताव नै गरिदैन थियो’ थापाले भने।
महाधिवेशनअगावै राप्रपा संयुक्तसँग एकीकरण हुने उनले बताए। ‘त्यसका लागि पार्टीको चुनाब चिन्हदेखि नेतृत्वसम्म सबै कुरा मिलिसकेको छ, खाली पशुपतिजी र प्रकाशजीको फोन आउन बाँकी छ’–थापाले भने।