कपिलवस्तु-कपिलवस्तुमा आइतबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तु नगरपालिकाका ७ जना, शिवराज नगरपालिकाका ३ जना, वाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिकामा २-२ जना, शुद्धोधन र विजयनगर गाउँपालिकामा १-१ जना संक्रमित थपिएका छन्।
१६ जना थपिएसँगै कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको सख्या १ हजार १ सय ३० पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए।
आइतबार थपिएकाहरु गैरसरकारी संस्थामा कार्यरत कर्मचारी, सुठौली भन्सारका कर्मचारी, पत्रकार, मन्दिरका पूजारी, व्यवसायी, गृहणी तथा विद्यार्थी रहेका छन्।