लुम्बिनी । सभामुख तुलाराम घर्तीले संघीयताको जग नै प्रदेश तह भएकाले सघीयता बलीयो बनाउन प्रदेश बलीयो बनाउनुपर्ने बताउनुभएको छ । आज संसदीय मामीला पत्रकार समाज लुम्बिनी प्रदेशले लुम्बिनीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सभामुख घर्तीले सो कुरा बताउनुभएको हो ।
संघीयता महंगो भयो भन्ने कुरा वाइघात भएको बताउदै सघीयताको कडी जांच्न सामाजीक बिज्ञानका आधारमा गर्नुपर्ने भनाई छ । पछाडी परेको समुदायलाई माथी उठाउने अभ्यास सघीय लोकतान्त्रीक गणतन्त्र भएको सभामुख घर्तीको दाबी छ । आर्थीक दृष्टीकोणबाट मात्रै सघीयतालाई हेर्न नहुने घर्तीको तर्क छ ।
प्रदेश संरचना नया संरचना भएकाले पनी यसलाई फलाउन निकै चुनौती रहेको वाहाको भनाई छ । तिन तहका सरकार मध्ये समन्वयकारी भुमीकामा प्रदेश सरकार भएको हुंदा प्रदेशलाई बलीयो बनाउन दलहरु र केन्द्रीकृत मनोबिज्ञान अन्त्य आबस्यक भएको र तल्लो तहका नागरीकलाई निती निर्माण तहमा पु्र्याउने एउटै माध्यम संघीय लोकतान्त्रीक गणतन्त्र भएको समेत सभामुख घर्तीको भनाई छ ।
संसदीय मामीला पत्रकार समाज लुम्बिीनीको क्षमता बिकाश कार्यक्रममा लुम्बिीनी प्रदेशका उपसभामुख मेनुका खांण केसीले संसद र सरकारलाई जिम्मेवारी र जवाफदेही बनाउन पत्रकारहरुको भुमीका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले संसदमा हुने नितीगत छलफल र बेथीतीलाई उजागर गर्न र संसद र सरकारलाई जवाफदेही बनाउने काममा बिचलन नहुने गरी निस्वार्थ रुपमा कलम चलाउनु आग्रह गर्नुभयो ।
अभीमुखीकरण कार्यक्रममा संसदीय मामीला पत्रकार समाजका केन्द्रीय अध्यक्ष मनोज सत्याल र लुम्बिनी प्रदेश सभाका सचीब दुर्लभ कुमार पुनले सहजीकरण गर्नुभएको हो । दुई दिने कार्यक्रममा एक दिन अभीमुखीकरण र भोली पुस २१ गते संसदीय मामिला पत्रकार समाजले नयाँ नेतृत्व चयन गर्नेछ ।