काठमाड । बलात्कार प्रयास आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध बिहीबार सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र पेश गरेको छ ।
अभियोगपत्रसहित उनलाई अदालत लगिएको छ । सरकारी वकिल कार्यालयले उनलाई जवर्जस्ती करणी उद्याेग र सरकारी उच्च ओहोदामा रहेर पदीय मर्यादा विपरीत काम गरेको अभियोग लगाएकाे छ । अदालत पेश भएपछि उनको बयान लिएर थुनछेक बहस हुन्छ ।
बलात्कारको प्रयास गरेको भन्दै संसद सचिवालयकी एक कर्मचारीले महराविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।