बुटवल- भैरहवा विमानस्थल क्षेत्रलाई आधार बनाएर त्रिलोक हेलिकप्टर सञ्चालनमा आउने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सेवा सञ्चालनको त्रिलोक हेलीकप्टर कम्पनीले अनुमति लिएको हो। कम्पनीले भैरहवालाई आधार बनाएर उडान गर्ने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।
सुरुमा दुईवटा हेलिकप्टर ल्याएर सेवा सञ्चालन गर्ने योजना बनाएको कम्पनीले उडान सञ्चालन अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रक्रिया अघि बढाएको छ।