काठमाडौं: दुई देशीय (नेपाल–बङ्गलादेश) पयर्टन प्रवद्धर्न गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पयर्टन प्रवद्धर्न एण्ड बिटुबी एक्सचेन्ज कायर्क्रम’ आयोजना गरेको छ ।
नोभेम्बर १६ देखि २१ सम्म सञ्चालन हुने उक्त कायर्क्रम अन्तगर्त गन्तव्य प्रवद्धर्नदेखि व्यावसायिक साझेदारि एवं प्रवद्धर्नका विषयमा छलफल हुनेछ । पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमीद, महासचिव तफिक रेहेमानसहित पयर्टन व्यवसायी मङ्गलबार नेपाल आएका हुन् ।
उक्त टोलीमा बङ्गलादेशका टूर अप्रेटर, मिडिया र युनिभसिर्टिका स्टुडेन्स च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् । क्षेत्रीय पयर्टन प्रवद्धर्न अन्तगर्त हुन लागेको बिटुबी (बिजनेश टु विजनेश) सम्झौताका लागि यो टोली नेपाल आइपुगेको पाटा नेपालले जनाएको छ ।
कायर्क्रमका अवसरमा नोभेम्बर १७ देखि १९ सम्म प्रसिद्ध पयर्टकीय क्षेत्र पोखराको परिचयात्मक भ्रमण आयोजना गरिएको छ । उक्त प्रयोजनका लागि भ्रमण टोली आजै पोखरा गएको छ ।
पोखरा पयर्टन परिषदसँगको सहकाय{मा पोखराको परिचयात्मक भ्रमणसँगै सरोकारवाला व्यवसायीसँग अन्तक्रिर्या गरिने आयोजक पाटा नेपालका प्रमुख कायर्कारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले जानकारी दिए । उनका अनुसार काठमाडौँमा बिटुबी कायर्क्रम आयोजना गरिनेछ । ‘डेस्टिनेशन इनसाईड’बारे प्रस्तुितकरण हुनेछ ।
नेपाल र बङ्गलादेशबीचको पयर्टन प्रवद्धर्न अन्तगर्त आन्तरिक तथा अन्तरराष्ट्रिय पयर्टन प्रवद्धर्न, सशक्तीकरण र व्यावसायिक सम्भावनाका विविध आयामबारे छलफल गरिने सिइओ बुडालले बताए ।
उक्त कायर्क्रमको हस्पिटालिटी पाटर्नर केजिएच ग्रुप, एभरेष्ट होटल, होटल अलफट काठमाडौँ र ¥याडिसन होटल छन् । रोयल माउन्टेन ट्राभल ट्रान्सपोटर्पाटर्नर रहेको छ । नेपाल पयर्टन बोर्ड प्रवद्धर्क तथा हिमालय एयरलाइन्स पाटर्नर रहेको छ ।
कोभिड–१९का कारण तत्काल ‘लङ हल रुट’ अन्तगर्तको गन्तव्यमा पयर्टन प्रवद्धर्न हुन कठिन देखिएपछि क्षेत्रीय पयर्टन प्रवद्धर्नको आवश्यकता रहेको बङ्गलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमीदले बताए ।
उनले कोभिड महामारीले थलिएको पयर्टन प्रवद्धर्नका लागि नयाँ सोच र अवधारणा अन्तगर्त क्षेत्रीय पर्यटन प्रवद्धनमा जोड दिइएको उल्लेख गरे । मुलुकको पयर्टन प्रवद्धर्नका लागि आन्तरिकसँगै क्षेत्रीय पयर्टन प्रवद्धर्नलाई मुख्य जोड दिएको पाटा नेपालका सिइओ बुडालले बताए। उनले भने, “सन् २०२२का लागि पाटाको मुख्य उद्देश्य भनेकै क्षेत्रीय सहकार्य गर्ने हो ।”
आन्तरिक पयर्टन मुलुकको पयर्टनको मेरुदण्ड हो । योसँगै अव विदेशी पयर्टकलाई पनि आकषर्क गर्ने बेला आइसकेको छ । अमेरिका, युरोपलगायत मुलुकबाट पयर्टक भित्र्याउन अझै पनि गाह्रै देखिन्छ ।
“अहिलेको प्राथमिकता भनेको ‘सटर्हल फ्लाइट’ हुने अन्तरार्ष्ट्रिय बजार नै हो”, उनले भने । पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलङ्का, भुटान, म्यान्मारलगायत मुलुकसँग दुईतर्फी क्षेत्रीय पयर्टन प्रवद्धर्न गर्ने उद्देश्य राखेको उनले जानकारी दिए । रासस