विधागत चिनारी :
कुनै पनि कृतिको समीक्षा गर्नु भनेको सकारात्मक पक्ष र नकारात्मक पक्षलाई केलाएर दूधपानीजस्तै अलग अलग रुपमा छुट्याउनु हो । यसबाट लेखकले कृतिमा रहेका नकारात्मक पक्षलाई कमगर्दै जाने र सकारात्मक पक्षलाई विस्तार गर्दै जान्छ । त्यसलै हाँसले दूधपानी छुट्याएझैँसमीक्षा गर्नुपर्छ । यो काम अलि निर्मम हुन्छ र हुनु पर्छ । विषयवस्तुलाई हेर्ने आलोचनात्मक दृष्टिकोण र त्यसप्रतिको तर्कपूर्ण प्रस्तुतिले मात्र समीक्षा पूरा हुन्छ । एकोहोरो प्रशंसाले समीक्षा बन्न सक्दैन । समइच्छा भनेकै गुण दोषको पारख गर्नु हो । यो समालोचना कर्म हो ।
समीक्षाको सीमा हुन्छ । समीक्षाआत्मपरकता भन्दा वस्तुपरकता ज्यादा हुन्छ । समीक्षामा भावनाको भन्दा विचारको, मुटुको भन्दा मस्तिष्कको सम्बन्ध ज्यादा हुन्छ । यसमा समीक्षकले काल्पनिक उडान भर्न पाउँदैन । समीक्षक वस्तुताको सीमाभित्र कैद हुनु पर्छ । भावनाको तरेलीमा स्वच्छन्द बग्न पाउँदैन । यो भाव, कला शिल्प शैलीको घेरामा बस्छ । त्यसैलाई केलाउँदै सकारात्मक पक्षको प्रशंसा गर्दै नकारात्मक पक्ष औल्याउँदै त्यतातिर नलाग्न दिशा निर्देश गर्छ ।
अहिले पूँजी बजार र लगानी कर्ताको मर्महेरी समीक्षाको माध्यमबाट पुस्तक विज्ञापनको विषय बनाउने प्रचलन बढ्दैछ । लाखौँ खर्चेर कृति प्रकाशन गर्ने अनि समालोचकलाई निमन्त्रणा गरेर सयौंश्रोताको अगाडि पुस्तकको आलोचना गराएर लेखकको कृतिको ओजन घट्छ । यो प्रकाशकको लागि टाउको दुखाईको विषय हो । आलोचितकृति बजारमा बिक्दैन । त्यसैले पनि होला, आजभोलि बजार हेरेर आफूलाई मन परेका साहित्यकारहरुबाट भूमिका लेखाउन र समीक्षकहरुबाट सकारात्मक समीक्षा गराएर बजारमा पठाइन्छ । यसबाट विज्ञापन पनि गरिन्छ । यो नयाँ पुस्ताका सर्जकहरुमा आएको ट्रेन्ड हो ।
समालोचकीय मूल्य अनुसार कृतिको गुण दोषको पारख गर्नु समालोचना हो । त्यो सुझाव कृतिकारले पाउनु पर्छ तर दोष पक्षहरु बजारमा चुहिने गरी आउनु हुँदैन । साहित्यिक कर्मलाई जीवन सापेक्षा बनाउन यसो गरिनु पर्छ । बुटवलमा यस्तो प्रचलनमा सुधार आएको छ । वरिष्ठ समालोचक बालकृष्ण भट््टराई,सौन्दर्यशास्त्री ऋषिराम भुसाल, युवा साहित्यकार शालिकराम पौडेलहरुले आजभोलि यो कुरामा ख्याल गर्छन् । उनीहरुले कृतिकारलाई अलग्गै सुझाव दिन्छन् । बजारमा नकारात्मक असर नपर्ने गरी समीक्षा गरिदिन्छन् । तथापि समीक्षाको सैद्धान्तिक पक्षचाहिं गुण दोषको पारख गरी दिशा निर्देश गर्नु नै हो । त्यो जसरी पनि हुनु पर्छ । यसो नभए साहित्यमा गुणस्तरीय उत्पादन हुन सक्दैन ।

अर्जुन ज्ञवालीको जीवनी
अर्जुन ज्ञवाली अर्घाखाँची जिल्लाको चिदिकागाविस हालको छत्रदेव गाउँपालिका वडानम्बर—१ ठूलाखर्कमा जन्मेका हुन् । उनको माताको नाम चोलाकुमारी मरासिनी ज्ञवाली हो भने पिताको नाम खुमानन्द उपाध्याय ज्ञवाली हो ।उनको जीवन संगीनी प्रेमकुमारी भट्टराइ ज्ञवाली हुन् । उनको छोराहरु सागर ज्ञवाली, महासागर ज्ञवाली हुन् भने छोरी सरिता ज्ञवाली पन्थी हुन् । हाल उनको स्थायी बसोबासतिलोत्तमा नगरपालिका वडानम्बर २ शंकरनगररुपन्देही हो ।
अर्जुन ज्ञवालीले त्रिभुवन विश्व विद्यालयबाट एमएसम्म अध्ययन गरेका छन् । उनले समाजमा असल काम गरेबापत थुप्रै पदक तथा सम्मान पाएका छन् । गोपाल गोतामे पत्रकारिता स्वर्ण पदक, समाज सेवा पदक, लुम्बिनी प्रदेश, वरिष्ठ पत्रकार सम्मान नेपाल सरकार, प्रेस सेनानी उपाधि नेपाल पत्रकार महासंघ, उत्कृष्ट पत्रकारिता पुरस्कारनेपाल पत्रकार महासंघ रुपन्देही,रेडियो लुम्बिनीबाट सम्मान तथा चक्रपाणि स्मृति प्रतिष्ठानबाट सम्मान पाएका छन् । अन्य थुप्रै पुरस्कार तथा सम्मानहरु पाएकाछन् ।
अर्जुन ज्ञवालीले पुस्तकको शुरुमा अभावमा पनि भावको छनक दिने,गाँैडा गल्छेँडाहरुलाई सहज बनाउँदै जीवनको यात्रालाई यहाँसम्म ल्याइपु¥याउने जीवनसंगीनीप्रति यो सिङ्गो कृति प्रेमपूर्वक समर्पण गरेका छन् । वास्तवमा अर्जुन ज्ञवालीलाई प्रेस सेनानी बनाउने प्रेमकुमारी भट्टराई ज्ञवाली हुन् । उनको प्रेमपूर्ण सहकार्यले अर्जुनलाई प्रेस सेनानीको दर्जामा पु¥यायो । राज्यले चिन्यो ।यही अब्बलतामा ज्ञवाली वंशले गर्व गरेको छ ।
अर्जुन ज्ञवाली पत्रकारी क्षेत्रमा अब्बल नाम हो । साहित्यमा दोस्रो पहिचान छ । पत्रकारिता र साहित्य अन्योन्याश्रित बन्दा एक विधाले अर्का विधालाई सघाउँछ । साहित्यमा पारङ्गत पत्रकारहरु लालित्यपूर्ण औ प्रभावकारी समाचार तथा लेख निबन्धहरु पस्कन सक्छन् । यसबाट उनीहरु चम्किहाल्छन् । अर्जुन ज्ञवालीको सूक्तिमय, सारपूर्णर चुस्त अभिव्यक्तिलेउनलाई पत्रकारी जगतमा छिट्टै चिनायो ।विषयवस्तुको सार पकड्ने र रुपाकृति निर्माण गरी अब्बल बनाएर पाठक सामु पस्कन सक्छन् । उनले निर्णायक मोडमा मात्र बोल्छन् ।युगान्तर ल्याउने मोडहरुमा कसिएर लेख्छन् । त्यसैलाई पुष्टि गर्न कविता विधामा पनि लेख्छन् । उनका केही कृतिहरु छन् । समय सारथी, कलम र कालम, एकादेशको कथा (नियात्रा), हिमाल पारिको कथा (नियात्रा) हुन् । यी कृतिहरु साना छन् तर ओजनदार छन् ।
कलम र कालम कृतिको समीक्षा
यसै पृष्ठभूमिमा आज मैले आज वरिष्ठ लेखक तथा साहित्यकार अर्जुन ज्ञवालीको कलम र कालम कृतिको समीक्षा गर्न चाहन्छु । कलम लेखनी हो कालम भनेको लामो धर्का वा खाली अङ्गबाट अलग अलग छुट्याउने प्रक्रिया हो । कलम कालम फाँकीजस्तो लाग्नेअनुप्रायमय शब्द पनि हो । यसले शीर्षकलाई चित्ताकर्षक बनाएको छ । कृतिकार कृतिको अन्तरकुन्तरमा पुगेर समुच्चयको सार पकड्दै यस्ताशीर्षक राख्न खप्पिस छन् ।
यस कृतिमापत्रकारिता र साहित्यमा निकै ठूलो ख्याति कमाएकाप्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले भूमिका लेखेका छन् । उनी भन्छन्—मैले बुझेसम्म पुस्तक घतलाग्दो छ । पठनीय र संग्रहणीय छ । यस कृतिमा समयका डोबहरु नमेटिने गरी प्रिन्टेड छन् । जति विषय छन् ती सबै परिवर्तनको प्यास मेट्न लालायित पक्षका लागि सुखद यथार्थ एवं उत्प्रेरक छन् । छोटा वाक्यमा ठूला कुरा छन् । यिनले सुतुवालाई काँढाले च्वास्स घोंचेझै जगाई दिन्छन् । उध्र्वगामी हैन, अधोगामी चिन्तन बोक्ने र देशघात गर्न खोज्नेहरुले मन मस्तिष्कमा हतौडा बनेर प्रहार गर्न क्षमता राख्छन् ।
पहिलो खण्ड लेखहरुको समीक्षा
उनको कलम र कालम कृतिमा २८ वटा आर्टिकलहरु रहेका छन् । यी आर्टिकलहरु अलग अलग विषयमा लेखिएका छन् । एउटा आर्टिकलको भाव अर्को आर्टिकलको भावसँग मिल्दैन । त्यसैले सबै आर्टिकलहरु विशिष्ठ छन् । यी सबै आर्टिकलहरु मैले विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भएको हुनाले प्रायःयस अघि नै पढेको छु । त्यसैले मैले सबैको भावलाई साराँशमा पकड्ने कोशिस गर्छु ।
ज्ञवालीले हाल टेकेको वैचारिक भूमि र भोगेको संसार फरक छ । उनले विगतमा गरेको बलिदानीपूर्ण संघर्षप्रति गौरव गर्छन् ।उनी विशेषतः जनयुद्धको उपलब्धिप्रति सकारात्मक छन् । जनयुद्धको राप र ताप अनि१९ दिने जनआन्दोलनको प्रहारले नेपालमा भएको यो परिवर्तनलाई उनले उत्परिवर्तनकै रुपमा देखेका छन् । युगान्तर ल्याउने परिवर्तन नै उत्परिवर्तन हो । त्यसलाई इमान्दार बनेर संस्थागत गर्दै जानुपर्छ भन्ने चाहना राख्छन् ।
लेखक संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध छन् । उनीयस कुरामा स्पष्ट देखिन्छन् । यसमाकहींकतै अल्मल र द्विविधा देखिदैन । यो परिवर्तनलाई संस्थागत गर्न सकेमा नेपाली भूमिमा समाजवादी समाज बनाउन सकिने कुरामा ढुक्क छन् ।
अर्जुन ज्ञवालीले माओवादीलाई पनि खबरदारी गरेका छन् । मूलधारका पार्टीहरुलाई विस्तृत शान्ति सम्झौतामा इमान्दार बन्न सन्देश दिन्छन् । संविधान सभालाई सबै वर्ग र समुदायको मिलन बिन्दु ठान्छन् । सबै वर्ग र समुदाय अटाउने सबै देखिने र सबै जोडिने गरी राष्ट्रिय मूलधार निर्माण गर्नुपर्ने विचार प्रस्तुत गर्छन् । यो मुलुक सबैको साझा हो, योग्य अयोग्यका, उँच र निचका कर्द चलाएर अल्पसंख्यक जनसमुदायलाई राज्य प्रणाली बाहिर राखेर सत्ताको मोज र भोजमा एक जाति मात्र रमाउने र ढाडिने विषयमा उनको विमति छ । उनले सत्ता सबको साझा हो । जतिमुख उति भागको अधिकार चाहिन्छ भन्नेमा स्पष्ट छन् । वास्तवमायो कृति प्रकाशनपछि लेखिएको यो संविधानको ढाँचामा उनका भावनाहरु समेटिएका छन् ।अहिलेको संविधान त्यही परिवर्तनको दस्ताबेज हो ।
उनले कृतिमा कालापानी र सुस्ताका कहानीहरु पस्किएका छन् । उनी राष्ट्रवादी छन् । सबै पार्टीका नेताहरुलाई राष्ट्रवादी बन्न सल्लाह दिन्छन् । क्रान्तिकालीन चरणमा हाम्रो मानसपटलमा आदतकै रुपमा हुर्किएको क्रोध, बदलाभाव, आक्रोश र घृणायुक्त मनोविज्ञानलाई ब्रेनवास गरेर सहानुभूति, अहिंसा,प्रेम, सद्भाव र करुणाको लागि बुद्धका चतुरआर्यसत्व, पञ्चशील र अष्टाङ्गिक मार्गको परिपालनामा अभ्यस्त बनेर समाजवादी समाज बनाउन सकिने सन्देश दिन्छन् । क्रान्तिकालीनकठोर स्वभाव, निर्माणकालीन मधूर स्वभाव फरक फरक हो । यसमा अन्तर आउनु पर्छ । अब मानिस मानव बन्नु पर्छ । मानव बन्न मानवतावादी चिन्तन चाहिन्छ । त्यसैले बुद्धवादको आव्हान गरेका छन् ।
लेखक ज्ञवाली शक्तिको आडले निरङ्कुशता थोपरेर २४० वर्षसम्म जनताको सार्वभौमसत्ता हातमा लिएर शासन प्रशासन चलाएको शाहवंशको हातबाट फेरि सार्वभौमसत्ता खोसेर नेपाली जनताको हातमाआएकोमा अत्यन्त खुसी देखिन्छन् । क्रान्ति सार्वभौमसत्ताको खोसाखोस हो । अहिले जनताको हातमा आएको छ । अहिले जनतामालिक भएका छन् । जनताले आफ्नो सरकार आफै बनाउँछन् । आफै कर तिरेर आफै राजश्व जम्मा गरिदिन्छन् । आफूले पठाएका प्रतिनिधिहरुले आफूले जम्मा गरिदिएको राजश्व पारदर्शी रुपमा खर्च होस् भन्न चाहन्छन् । त्यसैले जनता मालिक हुन् । प्रतिनिधिहरु सेवक हुन् । प्रतिनिधिहरुले जनता र जनसमुदायको आत्म सम्मान र पहिचानको कदर गरिनु पर्छ भन्ने चाहना अभिव्यक्त गर्छन् । परिवर्तनलाई आत्मसात गरी इमान्दारपूर्वक सुशासनयुक्त असल समाज बनाउन लाग्नु पर्छ भन्ने उनको केन्द्रीय अभिव्यक्ति हो ।
भ्रष्टाचारको विराट रुपमा उनी पनि तर्सिएका छन् । यसको अन्त्यको लागि सबैले आआफ्ना ठाउँबाट भगिरथ प्रयाश गर्नुपर्छ भन्छन् । उनले शासन प्रशासनलाई मिलिमोतोमा हैन, जाँच र सन्तुलन (चेक एन्ड ब्यालेन्स) को संरचनागत स्वरुपमा लैजानु पर्छ । अदालत, अख्तियार, प्रशासन, प्रहरीले भ्रष्टाचार हटाउन जाँच गरिरहनु पर्ने राय दिन्छन् ।वास्तवमा अहिलेको जाँच सन्तुलन विधि मिलिमतोमा चलेको छ ।सबै पक्ष मिलेर खाएका छन् । नयाँ बन्ने संविधानलाई संरचनागत रुपमा नै सच्याउनु पर्छ भनेका छन् । संरचनागत रुपमा उनको भनाई अनुसार आएको छ ।
विश्वभरका हिन्दुहरुका आराध्यदेव पशुपतिनाथभित्र परचक्रीहरुले शोषण गरिरहेका छन् । त्यसलाई हटाउनु पर्छ भन्ने उनको भनाइछ । यसमालेखकले साँस्कृतिक राष्ट्रवाद पनि हुन्छ भनेका छन् । आफ्ना पुरातात्विक तथा साँस्कृतिक स्थलहरुको स्वमित्व र सञ्चालन अरुले गर्न मिल्दैन भनेका छन् ।साँस्कृतिक राष्ट्रवादले अरु मुलुकको पहिचानसँग छुट्याउँछ । त्यसको अर्थ उनी आफूलेधर्म सपेक्ष राष्ट्र भनेका हैनन् । उनी आफू हिन्दु हुन् तर राज्य हिन्दुहरुको मात्र हैन, सबको साझा हो भन्ने विषयमा दृढ छन् । यही मर्मको मिहीमा टेकेर हिंड्नु पर्छ । यसले धार्मिक सहष्णिुता ल्याउन सक्छ भन्छन् । नेपाली जनताको मन्दिरमा नेपाली जनताको चाहना लागू हुनु पर्ने भन्छन् ।
उनले समाजमा हँसिया हतौडाको ट्रेडमार्कको आधारमा समाजमा मनलागी नगर्न नेताहरुलाई औंला पनि ठड्याएका छन् । माक्र्सवादको हुबहु अनुवाद गर्ने हैन । हुबहु अनुवाद गर्दा मौलिक र सुन्दर ढङगले सहज रुपमा परिवर्तनलाई संस्थागत गर्न सकिदैन।परिवर्तन पेचिलो र कठोर हुन्छ । हामीले भोगेको यही नै हो । नेपालमा माक्र्सवाद अनुवाद गर्दा मौलिकता पकड्न नसकिएको भन्दै त्यसलाई नेपालीयपनमासिर्जनात्मक रुपमा भावानुवाद गर्नुपर्छ भन्ने धारणाव्यक्त गरेका छन् । अब माक्र्सवादको अनुवाद हैन भावानुवाद हुनु पर्छ भन्ने उनको मूल मर्म हो । तब मात्र हामी नेपालीयमौलिकतामा टेक्दै समाजवादमा जान सक्छौं । परिवर्तन पेचिलो नभई सहज हुन्छ ।
लेखक जनयुद्धको रातो क्रान्ति र त्यसको सैन्य गतिविधि, माओवादी जनसरकारहरुको गठन र त्यसको दीर्घकालीन प्रभावको सन्दर्भ यस कृतिमा उठाएका छन् । कतिपय लेखहरुमा वात्सल्य उमार्ने प्रकृतिका घतलाग्दा सन्दर्भहरु छन् । त्यसैले यो कृतिको प्रभाव सार्वकालिक र सार्वजनीन बनेको छ । यो कृतिले इतिहासको एउटा चरणको व्याख्यालाई जिवन्त राख्ने छ । उनलाई यस कृतिबाट अग्रगामी विचारकको रुपमा चिनाउने छ ।
कविता दोस्रो खण्डको समीक्षा
साहित्यमा पनि उनको योगदान छ । उनले कलात्मक कविताहरु लेखेका छन् । यस कृतिको दोस्रो चरणमा केही कविताहरु पनि छन् । ती कविताहरुमध्ये कुखुरी काँ कविता पहिलो र सुन्दर कविता हो । यस कवितामा शान्ति प्रक्रियाका बिब्ल्याँटा पक्षहरुलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।
कुखुरी काँ,
शान्ति प्रक्रिया खाँ
खै शान्ति प्रक्रिया?
धरापमा प¥यो
खै शान्ति— सेना?
क्याम्पभित्र पस्यो
खै शान्ति ?कटुवालले लग्यो
भन्दै बाल गीतसँग जोडेर व्यङग्य गरेका छन् ।
राष्ट्रियताकवितामा कविले नेपालीयपनको समष्टि चित्र उतार्दै लेख्छन् —
जनजिब्रोमा भन्नु पर्दा
जुम्ली स्याउ
अमिलो गुन्द्रूक
काफल पाक्यो चरीको गीत
तराईको लहलह धान
हाम्रो राष्ट्रियता हो ।
पानी बाङगो हुँदैन भन्नेकवितामा उनी लेख्छन् —
गणतन्त्र पानी हो,
पानीजस्तै सिधा स्टेट हुन्छ
यसमा किन्तु परन्तु केही हुँदैन ।
जस्न कवितामा कविले २०६३ सालको विद्रोहको समयमा लेखेका हुन् । उनी त्यो समयमा विद्रोही माओवादीको पक्षमा वकालत गर्र्थे । माओवादीले पनि उनको नाम गर्वका साथ लिने गर्थे । यो त्यही चरणको प्रतिनिधिमूलक कृति हो ।
यस कवितामा ज्ञवाली लेख्छन्—
नदीको गन्तव्य समुद्र हो
त्यहाँ नपुगेसम्म नदी बगिरहन्छ
आन्दोलनको गन्तव्य संविधान हो
त्यहाँ नपुगेसम्म आन्दोलन चलिरहन्छ ।
नयाँ नेपाल कवितामा उनले सबै अटाउने, सबै देखिने र सबै जोडिने सुन्दर अभिव्यक्ति दिएका छन् । उनी भन्छन्—
त्यो नेपाल
रैतीको नेपाल नभएर
नागरिकको नेपाल हो
त्यो नेपाल
अभिजातको नेपाल नभएर
सबै जात, जाति, भाषाभाषी, लिङ्गको साझा हो
सम्पूर्ण नेपालीको साझा नेपाल हो ।
कविले साहू कवितामा सामन्तवाद र पूँजीवादको चरित्र देखाएका छन् । सामन्तवादका थैली साहूहरु पूँजीवादमा बैंकर्स बन्छन् । पहिला साहूहरुले ठेकी भन्थे अहिले सेवा शुल्क भन्छन् । बेठीको सट्टा हर्जाना भन्छन् । फरक उही हो भन्दै उनी लेख्छन् ।
कुल मिलाएर भन्नु पर्दा यक्ति फरक हो कि
उतिखेरका
ठेकी लिने
बेठी लिने
ब्याजको स्याज लिने साहूहरु
फटाहा भनिन्थे
दुर्जन मानिन्थे
अहिलेका ठेकीको सट्टा सेवा शुल्क लिने
बेठीको सट्टा हर्जाना लिने
स्याजको सट्टा पूँजीकरण गर्ने साहूहरु
सभ्य सज्जन र बैंकर्स मानिन्छन् ।
उनका कविताहरु ६० को दशक आसपासमा लेखिएका छन् । लेख तथा कविताहरु सामाजिक यथार्थमा आधारित छन् । छिन छिनमा हुने परिवर्तनलाई आत्मसात गरेका छन् । समाज रुपान्तरणको चाहना राख्छन् । अनुप्रास र व्यङग्य चेतले उनका लेख तथा कविता कलात्मक बनेका छन् । उनकाकविताहरु सरल र सरस छन् । तर पनि अभिव्यक्ति कलाले व्यन्जन सामथ्र्य पकड्न सकेको देखिदैन । पुस्तकमा फन्ड बदल्दा देखापर्ने प्राविधिक त्रुटिहरु कहीँकाहीँ छन् । यो कृतिमा तुलनात्मक रुपमा अशुद्धि कम छ । वर्गवैरीप्रति उनी निर्मम छन् । मानवीय संवेदनशीलतामा आँच आउने कुनै पनि वाक्य वाक्याँशहरु, उखान तुक्काहरुछैनन् । २०६६ सालमा प्रकाशित भएको कृति हुँदा लेखकलाई अहिलेको शान्त परिवेश हेरेर समीक्षा गर्न मिल्दैन । यो कृतिको समीक्षा २०६६ सालमा ओर्लेर गर्नुपर्छ । उनी मूलतः प्रगतिवादी कवि हुन् ।
अन्त्यमा
अर्जुन ज्ञवालीको कोमलकान्त अनि शान्त प्रशान्त व्यक्तित्व हाम्रो लागि अनुकरणीय छ । उनी आदर्शमा बाँचेका अनुकरणीय व्यक्ति हुन् । धेरै मानिसहरु श्रेष्ठ व्यक्तिहरुहिंडेको लिकमा पछ्याउँदै हिंड्छन् । उनीहरुको जीवनशैली, स्वभाव, आनिबानी हेरेर चल्छन् । त्यसैले श्रेष्ठहरु जहिले पनि सामन्ती चमक दमक र आडम्बर छोडेर समतलीय स्वभावको हुनु पर्छ । स्वाभिमान हुनुपर्छ । अर्जुन ज्ञवालीमा ती गुणहरु मौजूद छन् । उनमा आरोग्य जीवन सधै देख्न पाऊँ र उनका विचारहरु यसरी नै सुन्न पाऊ । धन्यवाद ।