बुटवल । विभिन्न बहानामा नेपालबाट भारत पुर्याइएका ६ जना बालकहरुको सकुशल उद्वार गरी स्वदेश फिर्ता गरिएको छ ।
मानव बेचबिखन बिरुद्ध लामो समय देखि काम गर्दै आएको संस्था किन इन्डियाले बिभिन्न संघ सस्थाहरुको सहयोगमा १३ देखि १७ वर्षका ती बालकहरुको उद्वार गरी आइतबार भैरहवा ल्याइएको हो । उद्वार गरिएका बालकहरु कपिलवस्तु, अर्घाखाँची, प्युठान, गुल्मी, गोर्खा, र खोटाङका रहेका छन् ।
उद्धार गरिएका बालकहरु मध्ये तीन जना बालकहरुलाई बालश्रमिक बनाइएको र जोखिमपूर्ण काम गर्न बाध्य बनाइएको अबस्थामा उद्वार गरिएको किन इन्डियाका निर्देशक नविन जोशीले जानकारी दिनुभयो ।
उद्वार गरिएकामध्ये एक बालक बोल्न सक्दैनन् । उनलाई गुजरातबाट अलपत्र अबस्थामा उद्वार गरी सामाजीक सञ्जाल मार्फत घर तथा आफन्त पत्ता लगाइएको निर्देशक जोशीले बताउनुभयो ।
अर्का एक बालकलाइ जम्मु कस्मीरबाट उद्वार गरिएको थियो । कुनै अपरिचित मानिसले खानामा केहि मिसाएर खुवाएर अचेत बनाई कस्मीर पुर्याएको थियो ।
ती बालकलाई कुनै आतंकवादी कार्यमा सलग्न गराउने उद्देश्यले कस्मीर पु¥याइएको हुनसक्ने उद्वारमा खटिएकाहरुको अनुमान छ । यस्तै अर्का बालकलाई पनि बेचीने जोखीममा रहेको अबस्थामा उद्वार गरिएको थियो ।
किन इन्डियाले लामो समयदेखि उद्वारका कार्यहरु गर्दै आएको छ भने उनीहरुलाई कानुनी उपचार र क्षतिपुर्ति दिलाउन सहयोग गरिरहेको छ ।
नेपाली राजदुतावास नयाँ दिल्ली, भारतीय प्रशासन, राष्ट्रिय बाल अधिकार परिषद ,सुभ अवसर ग्राम नेपालको सहयोगमा उद्वार गरिएका ती बालकलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई जिम्मा लगाईएको थियो । आइतबार नै तीन बालकको पारिवारिक पुनरमिलन गराइएको छ भने तीन जनालाई भोलीसम्म पारिवारिक पुर्नमिलन गराउने तयारी गरिएको छ ।