बुटवल । बुटवल ११ बुद्धनगरमा १४ बर्षीय बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा २६ बर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । दिदीको घरमा बस्न आएकी बालिकालाई बलात्कार गरेको आरोपमा सुरज परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना तीन महिनाअघि भएको भएपनि बालिका गर्भवती भएपछि मात्रै अहिले सार्वजनिक भएको प्रहरीले जनाएको छ । बौद्धिक अपाङगता रहेकी बालिका गत चैत्र १२ गते बुटवल बुद्धनगरमा रहेको दिदीको घरमा आएको बेला छिमेक घरका युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक मदन कुँवरले घटना सार्वजनिक भएपछि बुधवार साँझमात्रै आरोपित युवकलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको बताए । आरोपित सुरेशलाई ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।