सिमकाेट : हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाले महिला स्वयंसेविकालाई सम्मान गरेको छ । लामो समयदेखि गाउँपालिकामा सेवारत उनीहरुलाई प्रोत्साहन भत्ता रु १० हजार सहित सम्मान गरिइएको हो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले २० जना स्वयंसेविकालाई सम्मान सहित बिदाइ गरेको जानकारी दिए । उनले नयाँ स्वयंसेविकालाई नियुक्त गरिने जानकारी दिए । रासस