बुटवल : निरन्तरको वर्षाका कारण सडकमा पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खुलेको छ ।
विभिन्न ठाँउमा खसेको पहिरो हटाएपछि सडक पुन सुचारु भएको हो ।
निरन्तर वर्षा भइरहेकोले जुनसुकै बेला पहिरो खस्ने जोखिम कायम रहेको चितवनका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।
“अहिले त नारायणगढ मुग्लिन सडक खुला छ, कतिखेर बन्द हुने पत्तो हुँदैन । खुल्दै बन्द हुँदैको अवस्था हुने होला”, उनले भने,
ईच्छाकामना गाउपालिका वडा नम्वर ६ मा पर्ने पाँच किलोमा सवै भन्दा ठूलो पहिरो थियो । चार किलो लगाएतका अन्य चार ठाउँमा गएको पहिरोका कारण गएराती २ः१० बजेबाट सडक अवरुद्ध थियो ।
सडक खुला गर्न डिभिजन सडक कार्यालय भरतपुरका डोजर, स्क्याभेटर लगायतका उपकरण सहितका प्राविधिक टोली परिचालन गरिएको थियो ।