बुटवल । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि ले एक्सपर्ट फाउन्डेसन मार्फत ५ थान अक्सिजन कन्सन्ट्रेटर निःशुल्क वितरण गरेको छ ।
रुपन्देही र गुल्मीका विभिन्न आइसोलेसन अस्पताल तथा स्वास्थ्य केन्द्रलाई उक्त अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङख्या मन्त्री भोज प्रसाद श्रेष्ठको उपस्थितिमा संस्थाका अध्यक्ष रोशन कँडेलले कन्सन्ट्रेटर प्रदान गरेका हुन् ।
रुपन्देही तिलोत्तमा नगरपालिकाको वडा नं ९ मा सञ्चालित कोभिड आइसोलेसन सेन्टर, वडा नम्बर ८ को स्वास्थ्य चौकी , देवदह नगरपालिकामा सञ्चालित कोभिड अस्पताल, कञ्चन गाँउपालिकामा सञ्चालित स्वास्थ्य चौकी र गुल्मी जिल्लाको स्वास्थ्य चौकीलाई एक-एक थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको अध्यक्ष कँडेलले बताए ।
मेशिन हस्तान्तरण समारोहमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठले स्थानिय तहहरुले स्वास्थ्य सेवालाई प्रथामिकतामा राखेर बजेट तर्जुमा गर्नुपर्ने र अक्सिजन कन्सन्ट्रेटर प्राप्त गर्ने स्वास्थ्य संस्थाले दक्ष जनशक्तिमार्फत मात्र सञ्चालन गर्नुपर्ने बताए ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि ले एक्सपर्ट फाउन्डेसन मार्फत देशभरका विभिन्न कोभिड अस्पताललाई ५० वटा अक्सिजन कन्सन्ट्रेटर वितरण गरिसकेको बताउदै संस्थाका अध्यक्ष रोशन कँडेलले आगामी दिनमा पनि जनस्वास्थ्यका क्षेत्रमा सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।