बुटवल - पछिल्लो पटक खुकुलो तरिकाले थपिएको निषेधाज्ञा सोमबार रातीबाट सकिँदै छ । कोरोना संक्रमण तिब्र भएपछि बैशाख १६ गतेदेखी रुपन्देहीमा निषेधाज्ञा लगाइएको थियो । असार ८ गतेबाट निषेधाज्ञा खुकुलो पारी नीजि सवारी साधन जोर विजोर प्रणालीबाट चल्दै आएका छन् ।
अब सार्वजनिक यातायात सञ्चालन सम्बन्धी ऐजेण्डामा जिल्ला प्रसासन कार्यालयमा छलफल भइरहेको छ । अहिले प्रमुख जिल्ला अधिकारी र यातायात व्यवासायीहरु बिच छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले बताएका छन् । ‘सार्वजनिक यातायात पनि जोर विजोर प्रणालीबाट चलाउने छलफलको एजेण्डा छ । तर निर्णय भइसकेको छैन ।’ उनले भने ।
यातायात व्यवसायीसँगको छलफल पछि आजै जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी रुपन्देहीको बैठक बस्दै छ । बैठकले भोलिबाट हुने निषेधाज्ञाको स्वरुप बारे निर्णय गर्ने छ ।