लण्डन : बेलायतको नटिङघ शहरमा बस्दै आएका एक युवकको साइकलबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ गल्कोट नगरपालिका बडागाउँ स्थायी घर हाल सो शहरमा बस्दै आएका ३४ वर्षीय बद्री चालिसे रहेका छन् ।
उनि भलिबल खेलेर फर्केने क्रममा रोबिनहुड विद्यालय नजीक साइकल पल्टिदा घाइते भएका थिए । टाउकामा गम्भीर चोट लागेर उनको क्विन्स मेडिकल सेन्टर नटिङघमको सघन उपचारका क्रममा उपचारकै क्रममा निधन भएको हो ।
उनि आफ्नो श्रीमतीसहित सन् २००९ देखि सो शहरमा बस्दै आएका थिए । रासस