रोल्पा : अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी तीनजना घाइते भएका छन् । पहिराले घर पुरिँदा रोल्पा–९ लिउनका ४६ वर्षीय प्रतिमा बुढा, १८ वर्षीय सुशिला बुढा र १६ वर्षीय श्यामकला बुढाको मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
घटनामा परी ४० वर्षीय टीकासिंह बुढा, ४५ वर्षीय सुनमाया बुढा र नौ वर्षीय शक्तिमान बुढा घाइते अवस्था रहेको सुवेदीले बताए । “घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य छ”, सुवेदीले भने । रासस