काठमाडौं । ललितपुरको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले आत्महत्या गरेकी छन् ।
म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी हुन् ।
ललितपुरकी प्रहरी उपरीक्षक किरण बज्रचार्यका अनुसार क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले केही दिन अगाडि काठमाडौं ल्याएकी थिइन् ।
प्रहरीका अनुसार उपचारको क्रममा बिहीबार राति मृत्यु भएपछि अस्पतालकै बाथरुमा झुन्डिएर आत्महत्या गरेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बज्रचार्यको भनाइ छ ।