पाल्पा-पाल्पामा अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अझै सुरु हुन सकेको छैन ।
पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकमा खसेको पहिरो नहटाउँदा पूर्वबाट सदरमुकाम आवातजावत तीन दिनदेखि अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको गौडेपुल नजिकै अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ ।
तीन दिनदेखि मालवाहक ट्रक, दाङ, बाँके बर्दियाका मजदुर घर लिएर हिँडेका सवारी साधन बीचबाटोमा भोकभोकै बस्नु परेको छ ।
डाइभर्सनको काम सकिनै लाग्दा पुन: पहिरो खसेको र वर्षा नरोकिएकाले राजमार्ग खुलाउन नसकिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए ।