कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकामा एक किशोरीको सामूहिक बलात्कार भएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार, बेदकोट नगरपालिका वडा ०५ निवासी १९ वर्षीय किशोरीलाई नशालु पदार्थ खुवाई सामूहिक बलात्कार भएको कञ्चनपुरका प्रवक्ता डीएसपी अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।
सो घटनामा सम्लग्न दुईजना मध्य सोहि ठाउँका २२ वर्षीय धनबहादुर बिक लाई नियन्त्रणमा लिइएको छ भने, एक जनाको खोजिकार्य भइरहेको थापाले बताए ।