भैरहवा । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्दै आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यालय घेराउ गर्ने तयारीमा रहेका युवालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा युवाहरूको एक समूहले निषेधाज्ञा हटाउन माग गर्दै शनिबार साँझ पनि प्रदर्शन गरेका थिए । आइतबार युवाहरूले लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यालय घेराउ गर्ने तयारीमा समेत रहेका कुर्मीलाइ प्रहरीले नियन्त्रणमा लिएको हो। रुपन्देहीमा अझै पनि कोरोना संक्रमणको जोखिम भएकाले निषेध आदेश जारी रहेको बेला केही व्यक्तिले आफ्नो स्वार्थका लागि प्रदर्शन गरेको प्रशासनले जनाएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले केही व्यक्तिले माटो निकालिरहेकाले त्यसलाई प्रशासनले रोक लगाएपछि निषेध आदेशको नाममा गलत प्रचार गरेको बताए। ‘हामीले केहिलाई नियन्त्रणमा लिएका छौं, कानुन अनुसार कारबाही गर्छौ,’ उनले भने।
युवाहरूको समूहले आइतबार सबै बजार खुलाउने भन्दै सार्वजनिक रुपमा आग्रहसमेत गरेका थिए। निषेधाज्ञाको बेला अति जरुरि काम बाहेक घरबाहिर निस्कन पाइदैन । तर, निषेधाज्ञाको उल्लंघन गर्न सार्वजनिक रुपमा अपिल गर्दै हिडेको आरोपमा अर्जुन कुर्मीलाई शनिबार साझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए ।
निषेधाज्ञा उल्लंघन गर्ने जाे काेहीलाइ संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्छाै डिएसपी थापाले भने ।