बुटवल । रुपन्देही जिल्ला प्रशासनले जिल्लामा जारी निशेधाज्ञा अझै लम्ब्याउन लागेको छ । बैशाख १६ गतेदेखि सुरु भएको निशेधाज्ञालाई तेस्रो पटक लम्ब्याउन लागिएको हो ।
'अहिले २ बजे बस्नै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले कहिलेसम्म र कुन कुन क्षेत्रमा निशेधाज्ञा थप हुने भन्नेबारे निर्णय गर्ने छ,' प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले जानकारी दिए ।