बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निषेधाज्ञा उल्लघन गरेको आरोपमा तीन जनालाई कारागार चलान गरेको छ । हिजो विहीबार भैरहवामा निषेधाज्ञा उल्लंघन गर्दा पक्राउ परेका उनीहरुलाई एक महिना कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।
हिजो विहीबारबाट रुपन्देहीमा जारी भएको भएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहीले उनीहरुसँगै आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्य पाँचजनाले धरौटी तिरेकाले छुटेका छन् । रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहारले जनही नौ हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको प्रवक्ता थापाले बताए । संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम उनीहरुलाई कारवाही गरिएको उनको भनाई थियो ।