दाङ-प्युठानकाे स्वर्गद्वारी जादै गरेकाे गाडी दुर्घटनामा परेकाे छ। नयाँ बर्षकाे अवसरमा गुल्मी जिल्लाबाट धार्मिक तिर्थस्थल स्वर्गद्वारी जाँदै गरेकाे लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी रुमालेमा दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा परि दुई जनाकाे घटना स्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले पुष्टि गरेकाे छ। मृत्यु भएका व्यक्तिकाे सनाखत भएको छैन। `घटनाम परेर दुई जनाकाे मृत्यु भएको छ । तर, सनाखत भएको छैन´डिएसपी सुनिल मल्लले भने-`नयाँ बर्षकाे अवसरमा स्वर्गद्वारी दर्शनकाे लागि जानेक्रममा गाडी दुर्घटनामा परेकाे हाे ।´
घाइतेलाई उद्दार गरेर अस्पताल लगिएको छ । घटनाकाे बिस्तृत विवरण आउन बाँकी छ।