बुटवल- नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा रामराज पोखरेल विजयी भएका छन्। संयुक्त लोकतान्त्रिक प्रगतिशिल प्यानलका पोखरेलले १ सय ६३ मत प्राप्त गरि विजयी भएका हुन्। प्रेस युनियनका पोखरेल प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशिल पत्रकार संघ लगायतको गठबन्धन बनाएर उमेदवार बनेका थिए।
पोखरेल विजयी भएसँगै दुई दशकपछि नेपाल प्रेस युनियनले महासंघ रुपन्देहीको नेतृत्व गर्ने अवसर पाएको छ । यस अघि २०५८ सालमा हरि लम्साल महासंघको जिल्ला अध्यक्ष भएका थिए। त्यस यता प्रेस युनियनले अध्यक्ष हात पार्न सकेको थिएन। अध्यक्षमा निर्वाचित भएपछि पोखरेलले महासंघलाई साझा सस्थाको रुपमा अघि बढाउने बताए। उनले प्रेस तथा अभिव्यक्तीको स्वान्त्रतामा महासंघ निरन्तर लडिरहने उल्लेख गरे ।
प्रेस चौतारी सहितको साझा प्यानलबाट अध्यक्षका प्रत्यासी दिनेश पाण्डले १ सय २३ मत प्राप्त गरे। पाण्डेको नेतृत्वको प्यानलमा प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन, संघीय पत्रकार संगठन र प्रेस मञ्चबीच गठबन्धन बनेको थियो ।
महिला उपाध्यक्ष र एक खुल्ला सदस्य बाहेक सबैमा पोखरेलकै लोकतान्त्रिक प्यानलले जित हात पारेको छ। उपाध्यक्षमा विश्वास ढकाल विजयी भएका छन् । ढकालले १ सय ९४ र अर्का प्रत्यासी हेम्बहादुर पछाइ दिपेशले सय मत प्राप्त गरे ।महिला उपाध्यक्षमा साझा प्यानलकी अमृता अनमोल पाण्डे १ सय ४९ मत ल्याएर विजयी भइन््। लोकतान्त्रिक प्यानलकी सन्जु पौडेल एक मतले मात्र पछि परिन।
त्यस्तै सचिवमा १ सय ८५ मत प्राप्त गरी विनोद परियार विजयी भएका छन् । उनले प्रगतिशिल प्यानलका लक्ष्मण पोखरेलले १ सय १० मत मात्र ल्याए। सहसचिवमा वीरेन्द्र कुँवरले १६७ मत र समावेशी सह सचिवमा माया कशीले १ सय ८५ मत प्रप्त गरि विजयी भएका छन्।
यस्तै खुल्ला सदस्यमा लोकतान्त्रिक प्यानलकै प्रदिप आचार्य, कविराज अधिकारी, थानेश्वर घिमिरे, मोतिरामा न्यौपाने, प्रकाश पाण्डे, पुनहरि बेल्वासे विजयी भएका छन् । महिला सदस्यमा हरिकला अधिकारी, जनजाती सदस्यामा राज चौधरी, मधेशी तर्फ राधेश्याम विश्वकर्मा, दलित सदस्यमा टंक सुनार र अल्प संख्यक तर्फ सल्मान खान विजयी भए । साझा प्यानलबाट खुल्ला सदस्यमा प्रकाश आचार्य मात्रै निर्वाचित भएका छन् ।
