बुटवल : भारतबाट अवैध तरिकाले कपडा ल्याउने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुको साथमा लगभग रु.३,१०,००० बराबरको कपडा बरामद गरिएको हो ।
चेकजाँच गर्ने क्रममा पाइन्ट ५५ पिस,टिर्सट ११२ पिस,सर्ट २५३ पिस,मोजा ६४ जोर,पेन्टी ७४ पिस,चप्पल ४ जोर,क्याटलक १९ प्याकेट,साडी १९ पिस,पर्दा २०० पिस,लकर १ थान र टेलिफोन १ थान सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सुनसरी जिल्ला धरान उपमहानगरपालिका बडा नं ७ बस्ने ४५ वर्षीय मोनिका सुब्बा र रसुवा जिल्ला गोसाईकुण्ड गाँउपालिका बडा नं ६ बस्ने ३३ वर्षीय सन्जु तामाङलाई रुपन्देहि सिद्धार्थ नगरपालिका बडा नं ८ अंचलपुरबाट पक्राउ गरेको हो । 
भारतबाट अवैध रुपमा सामान ल्याउदै गरेका सुब्बा र तामाङलाई प्रहरीले नियन्त्रणमा लिई कारवाहीको लागी रुपन्देही भन्सार कार्यालय बेलहिया पठाएको बिज्ञप्तिमा उल्लेख छ ।