बुटवल : हाटबजार व्यवसायी संघ रुपन्देहीको १५ औं वार्षिक साधारणसभा मंगलबार बुटवलमा सम्पन्न भएको छ ।
साधारणसभा बोल्ने सहभागीहरुले अब आधुुनिक हाटबजारको खाँचो देखिएको बताएका छन । त्यसको लागि तीन वटै तहका सरकारले सानो पूँजी लगानी गरी स्वरोजगार भएको व्यवसायीले व्यवसाय गर्ने हाटबजार क्षेत्रलाई आधुनिक र सुविधासम्पन्न बनाउनुतर्फ ध्यान दिनुपर्ने बताए ।
‘सानो लगानी ठूलो आकांक्षा हाटबजारबाट आत्मनिर्भरता’ भन्ने संघको नारा रहेको छ । कार्यक्रममा बोल्दै हाटबजार व्यवसायी संघका निर्वतमान अध्यक्ष भीमलाल ज्ञवालीले अब आधुनिक हाटबजार बन्न आवश्यक रहेको बताए । आधुनिक हाटबजार र समग्र बजार क्षेत्रको विकासका लागि सबै व्यवसायीहरु एकजुट हुनुपर्नेमा ज्ञवालीले जोड दिए ।
संघका संस्थापक अध्यक्ष टीकाराम पौडेलले हाटबजारमा खानेपानी, ट्रस्ट, शौचालय र विद्युतको सहज पहुँच पु¥याउन राज्यतहबाट ध्यान जान आवश्यक रहेको बताए । पौडेलले धेरैजसो हाटबजारलाई राम्रो बनाउनेतर्फ ध्यान नदिई कतिपय स्थानीय तहले टेण्डर खोल्दा व्यवसायीहरुले कठिनाइ भोग्न बाध्य रहेको बताए ।
संघका अध्यक्ष टेकबहादुर जिसीले व्यवस्थित हाट बजारको लागि बुटवल सैनामैना लगायतका विभिन्न बजार लाग्ने ठाउँहरुमा क्वायलहरु निर्माण र ढलाई गर्ने काम अगाडि बढेको बताए । लामो लकडाउन हाटबजार बन्द हुँदा व्यवसायीहरुले ठूलो संकट बेर्होन बाध्य भएको बताए ।
रुपन्देहीका १२२ स्थानमा हाटबजार सञ्चालनमा छन् । जसबाट प्रत्यक्ष रुपमा ५० हजार बढी व्यवसायीहरु रोजगारी पाइरहेका छन् । रुपन्देहीको पुरानो हाटबजार सेमरा हाटबजार रहेको बताइन्छ ।
साधारणसभामा अध्यक्ष, महासचिव र कोषाध्यक्षले प्रस्तुुत गरेको प्रतिवेदन पारित भएको छ । अध्यक्ष टेकबहादुर जिसीको अध्यक्षता, संस्थापक अध्यक्ष टीकाराम पौडेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व उपाध्यक्ष छविलाल चापागाई, पूर्व उपाध्यक्ष दिनामणि अधिकारी, पूर्व सचिव विष्णु पौडेल, कृषि शाखा संयोजक रिसव पोखरेल लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव हुमाराम पोखरेलले गरेका थिए । सो अवसरमा रक्तदान गर्ने व्यसायीले प्रमाण समेत प्रदान गरिएको थियो ।