तानसेन । पाल्पाको तानसेनमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। कुखुरा बोक्ने जिप सोमबार राती करिब १२:२० बजे तानसेन नगरपालिका वडा नम्बर ७ काजिपौवामा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर जिपका चालक पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय विजय खाम्चा र पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय राज थापाको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार लु २ च ६३२ नम्बरको जिप तानसेनतर्फ आउँदै गर्दा कच्ची सडकबाट करिब २० मिटर तल खसेको हो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए।