बुटवल : योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमले लुम्बिनी प्रदेश दीगो विकास लक्ष्य प्राप्तिकालागि प्रदेश सरकार सरकार संवेदनशिल भएर अगाडी बढिरहेकोले दीगो विकास लक्ष्य पुरा गर्नकालागि सबै सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहने बताए ।
गैरसरकारी संस्थामहासंघ नेपाल लुम्बिनी प्रदेशले चैत २३ गते बुटवलमा आयोजना गरेको नेपालमा दिगो विकास लक्ष्य १६ को स्थानीयकरणदीगो विकास लक्ष्य १६ सम्बन्धीप्रदेश स्तरीय कार्यशालामा सहभागीवक्ताहरुले यस्तो कुरा बताएकाहुन् ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षडा.ईश्वर गौतमले दीगो विकास लक्ष्य प्राप्तीकालागि लुम्बिनी प्रदेश सरकार सक्रिय भएर लागेको बताए ।
उनले दीगो विकास लक्ष्य प्राप्तिकालागि आफुहरुले सजकता अपनाउदै पन्ध्रौ योजनामा समिक्षा गर्दै अगाडी बढेको बताए । डाक्टर गौतमले भने हामीले नीति तथा योजना बनाउँदा दीगो विकास लक्ष्यलाई आधार बनाई निर्माण गरेका छौँ ।
डा. गौतमले गैरसरकारी संस्थाहरुले धेरै राम्राकाम गरे पनि अभिलेखिकरणको अवस्थाकमजोर रहेकाले गरेका कामको अभिलेखिकरण गरेर अगाडीबढन सुझाव दिए । उनले गैससहरुसँग भएको विज्ञताप्रदेश सरकारको सम्पत्ति भएकोले हामीसँग भएको विज्ञतालाई प्रदेश सरकारले स्थानदिने बताए ।
गैरसरकारी संस्थानागरिकको घरदैलो जाने भएकोले समन्वय र सहकार्य गरेर अगाडी बढ्दा सहजहुने बताए ।
कार्यक्रममा प्रदेश योजना आयोगका प्रशासकिय प्रमुख सुमन पौडेलले दीगो विकास लक्ष्य प्राप्तीकालागि प्रदेश सरकारले गरेका प्रयासहरु र दीगो विकास लक्ष्य १६ लाई स्थानीयकरण गर्नकालागि प्रदेश सरकारले गरेका काम र आगामी योजनाका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा गैरसरकारी संस्थामहासंघ नेपालका केन्द्रिय अध्यक्ष जीताराम लामाले दीगो लक्ष्य प्राप्तीकालागि गैरसरकारी संस्थाहरुले सरकार र नागरिकबीचपुलको कामगरिरहेको बताउदै आफ्ना हरेक कार्यक्रमहरुलाई क्रस कटिङ्ग सवालका रुपमा प्राथमिक रुपमा अगाडी बढाउन आग्रह गरे ।
कार्यक्रममा गैरसरकारी संस्थामहासंघ नेपालका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले दीगो विकास लक्ष्यलाई स्थानीयकरण गर्नकालागि सरकारसँग समन्वय र सहकार्य गर्दे आइरहेको र आगामी दिनमापनि समन्वय र सहकार्यलाई अझ सक्रिय बनाउदै लैजाने बताए ।
कार्यक्रम गैरसरकारी संस्थामहासंघ लुमिबनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मीको अध्यक्षता सचिव कमल गौतमको संचालन र सदस्य देवराजगौतमको व्यवस्थापनमा सम्पन्न भएको थियो ।