धनुषा : खेतमा काम गर्न भनि घरबाट निस्किएका एक व्यक्ति मृत फेला परेका छन् । धनुषा जिल्लाको औरही गाँउपालिका ३ बस्ने ४० वर्षीय विजय मण्डल मृत फेला परेको इलाका प्रहरी कार्यालय औरहीले जनाएको छ ।
खेतमा काम गर्न भनि निस्केका मण्डल रातिसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार बिहान औरही ३ स्थित खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको घाँटीमा गम्छा बाँधिएको देखिन्छ । शव परिक्षणका लागी प्रादेशिक अस्पताल जनकपुरधाम लैजाने प्रहरी नायव निरीक्षक सन्तोष झाले बताए । पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान गरिने झाले बताए ।