जनकपुर : प्रदेशनम्बर २ सरकारले बालविवाह लगायतका हानीकारक परम्परागत अभ्यास अन्त्यकालागि प्रतिवद्धता जनाएको छ ।
आजप्रदेश २ को राजधानी जनकपुरमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब, सीआईएन र वल्ड भिजनको सहकार्यमा भएको बालविवाह लगायत हानीकारक परम्परागत अभ्यास बिरुद्ध सरोकारवाला बीच भएको प्रदेश स्तरिय हातेमालो कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सबै खाले कुरिति अन्त्यका लागि सरकार प्रतिवद्ध रहेको बताए ।
बालविवाह अन्त्यकालागि राज्यलाइनिजि क्षेत्र र नागरिक स्तरबाट पनिउत्तिकै सहयोगको आवश्यक पर्ने पनि उनले बताए । प्रदेश २ सरकार जातियबिभेद, लैगिंकबिभेद तथा सबै खालकाविभेदहरु अन्त्यकालागि प्रतिवद्ध रहेको पनि उनले बताए ।
बालविवाह अपराध भएको भन्दै उनले यसलाई पूर्ण रुपमा अन्त्य गर्नको लागि सरकारले कानुन निर्माण गर्ने गरि काम गरिरहेको पनि उनले बताए । प्रदेशबाट बालबालिका सम्बन्धित कानुन बनिसकेको छ, महिला शशक्तिकरण सम्बन्धित कानुन पनि निर्माण भयो अब बालविवाह पूर्ण रुपमा अन्त्यगर्ने गरि कानुन बनाउने क्रममा सरकार रहेको छ मन्त्रीयादवले भने ।
बालविवाह अन्त्यका लागि सरकारले बिभिन्न योजना तथा कार्यक्रमहरु चलाइरहेको जानकारी दिदै उनले नीति तथा कार्यक्रममा नै हानीकारक अभ्यास हटाउने नीति लिएको बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टी प्रदेशसभाका प्रमुख सचेतक परमेश्वर शाहले बालविवाह लगाएत अरु कुरिति अन्त्यका लागि आफु प्रतिवद्ध रहेको बताए । प्रदेशसभाबाट बालबालिका सम्बन्धि कानुन बनिसकेको भन्दै उनले बालबालिकाको हक कार्यान्वयनको लागि थप गम्भिर हुनुपर्ने पनि बताए ।
बालविवाह अन्त्यका लागि शिक्षा र चेतनाको आवश्यक रहेको भन्दै उनले सबै मिलेर मात्रै यसलाइ सफल बनाउन सकिने धारणा राखे ।
सामुदायिक सुचना नेटवर्क सीआईएनका म्यानेजर दीपक आचार्यले बालविवाह लगायत हानीकारक परम्परा अन्त्यका अन्त्यका लागि सञ्चार अभियान महत्वपूर्ण हुने र त्यसमा सरकार, धर्म गुरु र सरोकारवाला सबैको साथ आवश्यक रहेको बताए । यस्ता हानीकारक अभ्यासहरु देशबाट पूर्ण रुपमा हटाउको लागि सीआईएन र सामुदायिक रेडियोहरुले अभियान नै सुरु गरेको बताए ।
आचार्यले धर्मगुरुहरु मार्फत रेडियो कार्यक्रम तयार गरि समुदायमा कुरीति बिरुद्धको सन्देश फैलाउने काम गरिरहेको बताए । कार्यक्रममा प्रदेश २ सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य रानीकुमारी तिवारीले प्रदेश २ मा अझै पनि शिक्षा र चेतनाका अभाबका कारण बालविवाहका रोकिन नसकेको बताए ।
किशोरीहरु लाई पर्याप्त शिक्षा दिन सकेको खण्डमा बालविवाह बिस्तारै अन्त्यहुँदै जाने उनको भनाइ छ । समितिले बिभिन्नकोण र तहबाट बालविवाह अन्त्यका लागि छलफल, पैरबी र कानुन निर्माणको काम गरिरहेको पनि तिवारीले जानकारी दिए । प्रदेश सरकारबाट चलेको बेटी पढाउ बेटी बचाउ , छोरी बीमा लगायत कार्यक्रमले पनि बालविवाह अन्त्य र किशोरीहरुको षमताबृद्धिमा सहयोग पु¥याएको उनले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सांसद मञ्जु यादवले बालविवाह उन्मुलन गर्ने हो भने अभिभावक र नातेदारहरु लाइ सचेतना बढाउने गरि कार्यक्रमहरु तयार गर्नुपर्ने बताए । बालविवाह अन्त्यका लागि छोरा र छोरीबीचमा समान शिक्षा र स्वास्थ्यको आवश्यकता रहेको धारणा राख्दै यसमा आफु नै गम्भिर हुनुपर्ने धारणा राख्नुपर्छ ।
यस्तै कार्यक्रममा बिभिन्न धर्मका धर्म गुरुहरुले पनि बालविवाह अन्त्यको लागि प्रतिवद्धता जनाएका छन् । बालविवाह अन्त्यका लागि आफुहरुको सामुहिकता र नेतृत्व आवश्यक पर्ने उनीहरुले बताए ।
कार्यक्रममा मुस्लिम धर्मका गुरु अब्दुल रहिममिकरानीले सोचमा परिवर्तन ल्याइ छोरीहरुलाइ निरन्तर रुपमा शिक्षामा जोड्न सकेको खण्डमा बालविवाह अन्त्यगर्न सकिने धारणा राँखे । हाल इन्टरनेटको कारणले पनि आफै बालविवाह गर्ने क्रम बढेको भन्दै उनले सचेतना र जिम्मेवार अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए । विद्यालय तहमा र बिशेषगरि ग्रामिण स्थानहरुमा पनि यस्ता खालका चेतनामुल कार्यक्रममा चलाउनुपर्ने पनि उनले बताए ।
२०६८ को अध्ययन अनुसार नेपालमा ४१ प्रतिशत बालविवाह रहेको बताउदै उनले यसको दर अहिले केही घटेको भएपनि कम भने नभएको बताए । बालविवाहको मुख्यकारण अशिक्षा नै भएकाले यसलाइ अन्त्यगर्न शिक्षाको भूमिका महत्वपूर्ण हुने उनले बताए ।
कार्यक्रममा इसाइ धर्मका पाष्टर दिनेश रायले बालविवाह रोक्नको लागि धर्म गुरुहरुका बीचमा एक मतभएर मात्रै नपुग्ने सरकारी तवरबाट कानुन कार्यान्वयनमा पनि जोड दिनुपर्ने बताए । बालविवाह घटाउनको सबैभन्दापहिले दाइजो प्रथा घटाउनुपर्ने र त्यसको लागि शिक्षाको आवश्यकता रहेको उनको भनाइ छ ।
कार्यक्रममा धर्मगुरु अनिसु रहमानले पनि बालविवाह हटाउनको लागिप्रदेश २ माविद्यमान रहेको दाइजो प्रथाकम गराउनुपर्ने धारणा राखे ।
प्रादेशिक बाल क्लबका अध्यक्ष आसुतोष झा ले कानुनले बालविवाह अन्त्यका लागि बनेका कानुनहरु कार्यान्वयन नभएकोमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराए । कार्यक्रममा अधिकार कर्मि सुभद्राआलेले जनचेतना र शिक्षा प्रवाह गर्दै बालविवाह अन्त्य गर्न सकिने र यसको लागि आफुहरु प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा बालअधिकार कर्मि, अधिकारकर्मि, मानबअधिकार कर्मि, प्रदेशसभाका सांसदहरु तथाप्रदेशका सामुदायिक रेडियोका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सबैले बालविवाह अन्त्यकालागि प्रतिवद्ध रहेको बताएका छन् ।