बाँके : जबरजस्ती लागुऔषध खुवाई करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका १ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका २० राँझा बस्ने २४ वर्षीय मिमबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
मिमबहादुर बुढाले घुम्न जाने बाहानामा नेपालगञ्ज २० राझा घर भएकी एक १९ वर्षीय युवतीलाई मंसिर ५ गते बाँके वैजनाथ गाउँपालिका १ स्थित गाभर भ्यालीको होमस्टेभित्र लगी जुसमा लागुऔषध नाइट्राजेपाम मिसाइ खुवाइ बेहोस बनाइ जबरजस्ती करणी गरी फरार भएका थिए ।
जिप्रका बाँकेबाट गएको विशेष टोलीले बुढालाई काठमाडौँबाट पक्राउ गरेको हो । उनि लुकिछिपी काठमाडौँ बस्दै गरेकोे सुचना पाएपछि सोहि आधारमा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको सहयोगमा यही चैत ८ गते पक्राउ गरेको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएको छ ।