बुटवल : तिलोत्तमामा एक प्रहरी जवानद्धारा युवतीमाथि बलात्कार सँगै हत्याको प्रयास भएको छ । अन्दाजी १९ वर्षीय युवतीलाई बलात्कार गरि हत्या प्रयासको अभियोगमा मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।
अन्दाजी २२ वर्षीय आरोपित प्रहरी जवान नवलपरासीको जर्घामा कार्यरत थिए । उनलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पिडित पक्षको बयान अनुसार शनिबार विहान करिब ५ बजेको समयमा ती युवकले युवतीलाई बलात्कार गरी घाँटी थिचेर हत्या गर्ने प्रयास गरेका थिए । ‘युवतीको घाँटीमा झोलाको फिताले कसेर लतार्दै जँगलमा फ्याकिएको रहेछ ।’ ‘युवती वेहोस भइसकेपछि युवकले म¥यो भन्ने ठानेर त्यसै छोडेर फरार भयो । पछि युवती आफै उठेर अचेत अवस्थामा हिँडीरहेको देखेपछि स्थानीयले उद्दार गरे ।’
घठनाको जानकारी सँगै आरोपित जवान पक्राउ परेका छन् ,भने युवतीलाई रुपन्देहीको एक अस्पतालमा उपचार गरिएको छ ।