बाँके : कोरोना भाइरस(कोभिड–१९) को कारण बाँकेका थप एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
बिहान २ः३८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा २१ की ६९ वर्षीय एक महिला हुन ।
माघ १६ गते देखि कोभिडका कारण भेरी अस्पतालमा भर्ना भएकी उनलाई आइसोलेसनको आईसीयू कक्षमा राखेर उपचार थालिएको थियो ।