डडेल्धुरा : श्रीमानले चिरेको काठले हिर्काएर श्रीमतीको हत्या गरेका छन् । डडेल्धुराको नवदुर्गा गाँउपालिका ५ ठाँटा बस्ने २९ वर्षीय श्याम साउँदले आफ्नी २८ वर्षीय श्रीमती मनिषा साउँदको हत्या गरेको डडेल्धुराका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
शनिबार दिउँसो ३ बजे साउदले श्रीमतीको हत्या गरिसकेपछि स्थानिय प्रहरी चौकीमा आफैले खबर गरेको उनले बताए ।
घटना स्थलको अवलोकन पछि साउदलाई शनिबार राति नै सोहि स्थानबाट प्रहरीले पक्राउ गरि जिल्ला अदालत ल्याएको प्रहरी नायव निरीक्षक चन्दले बताए ।
सामान्य घरायसी विवादको कारण श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘म बाहिर थिएँ। घरमा आउँदा श्रीमती रक्ताम्य देखेँ। मृत्यु भइसकेको जस्तो छ भनेर साउदले प्रहरीकहाँ खबर गरेँ सुरुमा,’ प्रहरी नायब निरीक्षक चन्दले भने, ‘प्रहरीको टोली त्यहाँ गएर हेर्दा मनिषाको मृत्यु भइसकेको थियो । यसरी बयान दिएतापनि साँउदले प्रहरीसमक्ष आफैंले हत्या गरेको स्वीकार गरेका छन् ।’
मृतक मनिषाका एक छोरा र एक छोरी छन् । मृतक मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।