पाल्पा : राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति सदस्य भगवान भण्डारी मानवाधिकार रक्षकको जिल्ला सञ्जालको संयोजकमा पुनःनिर्वाचित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज कार्यालयको आयोजनामा जिल्लास्तरीय मानवाधिकार रक्षकको सञ्जाल भेलाले पत्रकार तथा मानवाधिकारकर्मी भण्डारीलाई सर्वसहमत संयोजक चुनेको हो ।
समितिको सहसंयोजकमा नेपालबार एशोसिएसनका केन्द्रीय पार्षद् गीता शर्मा रहेका छन् । त्यस्तै सदस्यमा किरण कौशल, ठाकुर लोहागुन, मिलन विश्वकर्मा, जीवलाल बस्याल, तुल्सी गैरे, तुल्सी पृथी, नारायण न्यौपाने, नेत्र गैरे, दयाराज न्यौपाने, विनोद भारती र अनिता खनाल रहेका छन् ।
सल्लाहकारका रुपमा वरिष्ठ पत्रकार मेघराज शर्मा, बाल संगठनका अध्यक्ष सोमनाथ अर्याल, बार एसोसियसनका पुर्व अध्यक्ष जोगलाल बिक, मानवअधिकारकर्मी पुष्करराज रेग्मी र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष भेषराज तिमिल्सिना तथा सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना रहेका छन् ।
संयोजक भण्डारीले नागरिकका आधारभूत आवश्यकता सहज रुपमा प्राप्तिका निम्ति आवाज उठाउने बताए । उनले शिक्षा, स्वास्थ्य, सञ्चारमा नागरिकको सहज पहुँच हुनुपर्ने मान्यता रहेकामा जोड दिए । रासस