रोल्पा : धारिलो हतियारको प्रहारबाट एक युवकको हत्या भएको छ । परिवर्तन गाँउपालिका वडा नम्बर ६ नाफेका ३१ वर्षीय विरेन्द्रप्रकाश गिरीको हत्या भएको हो ।
आफनै घरमा बस्दै आएका गिरीलाई अपरिचित तिन जनाको समुहद्धारा हतियार प्रहार गरि हत्या भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय पाछाबाङ, घर्तिगाउँ र प्रहरी चौकी इरिबाङबाट प्रहरीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए ।
हत्यामा संलग्न सबै व्यक्ति फ्रहार रहेका छन् । घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको सुवेदीले बताए ।