बर्दिया : निउरो टिप्न गएकी महिलालाई पाटेबाघले लगेको छ । तिन जनको समूहमा निउरो टिपेका महिला मध्ये ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ की ५५ वर्षीया डल्ली रावतलाई बाघले लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
महिलाको खोजि भइरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए ।
बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रबाट बाघको आक्रमणबाट यो वर्ष मात्रै नौ जनाको ज्यान गइसकेको छ ।