डडेल्धुरा : परशुराम नगरपालिकाकी १४ वर्षीया किशोरी बलात्कार आरोपमा चार जना पक्राउ परेका छन् ।
किशोरीलाई चार पाँच महिना आगाडि देखिनै अनेकौँ प्रलोभन देखाइ पटक पटक बलात्कार गरेको भन्दै पीडित बालिकाको आफन्तले प्रहरी चौकीमा उजुरी दर्ता गराएका थिए । प्रहरीद्धारा उक्त घटनामा सम्लग्न ४ जनालाई नियन्त्रणमा लिएको छ । आरोपित एक जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।
बलात्कार आरोपमा परशुराम नगरपालिकाकै– ५ का २८ वर्षीय बलबहादुर पुन मगर, १९ वर्षीय राजेश थापामगर, ७० वर्षीय प्रताप भट्टराई र १६ वर्षीय जगदीश थापा मगरलाई पक्राउ गरेको उनले जानकारी दिए ।
हिरासतमा राखेर आरोपितमाथि अनुसन्धान भइरहेको उनले बताए । फरार रहेका परशुरामन–५ कै २४ वर्षीय डम्फु सिजालीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाको शारीरिक अवस्था सामान्य रहेको छ ।