बुटवल । रुपन्देहीको गैडहवामा पत्नीसँग अनैतिक सम्बन्ध राखेको भन्दैएक जनाको हत्या गरिएको छ । गैडहवा गाउँपालिका वडा नं ६ स्थित गुलरियाका २६ बर्षीय दिनेश लोधको हत्या भएको हो ।
अज्ञात ब्यक्तिद्धारा हत्या गरी फालेको अबस्थामा मिति गत मंसिर १७ गते बिहान करिब साढे सात बजे सोही स्थानको पर्सा–कलौनी सडक खण्डको पुर्ब किनारमा शव फेला परेको थियो ।
ईलाका प्रहरी कार्यालय लुम्बिनी र ईलाका प्रहरी कार्यालय सुर्यपुराको टोलीले उक्त घटनाको अनुसन्धान गर्दा सोही स्थानका रामबरण लोधले हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
‘घटनास्थलबाट उठाइएका सबुद प्रमाण, प्रबिधिक पक्षको बिष्लेषण र बुझिएका स्थानिय मानिसहरु समेतको भनाइको आधारमा मृतकको हत्या रामबरण यादवबाट हुन आएको खुलेको छ ।’ जिल्ला प्रहरी कार्यालयको विज्ञप्तीमा भनिएको छ ।
दिनेश लोधको आफ्नी पत्नीसँग अनैतिक सम्बन्ध रहेका कारण हत्या गरेको रामबरण लोधले बयान दिएका छन् ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि रामवरण लोधलाई प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ७ शिवगढियाबाट पक्राउ गरेको थियो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।