काठमाडौँ : नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ ।
आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो । अध्यक्ष समिम मिया अन्सारीले एशिड बिरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताए ।
एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहशको काम भएकोले आयोगले सम्मान गरेको उनको भनाइ छ । यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताइन । खातुनले आफूले एसिड बिरुद्ध जनचेतना जगाउने काममा सधै लाग्ने पनि स्पष्ट पारिन ।