दाङ–प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गरे । सिसहनिया–महदेवा जोड्ने पक्कि पुलको उद्घाटन गर्दै उनले शिलालेख अनावरण समेत गरेका थिए ।
पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको पाइएको छ । कस्ले र किन शिलालेख तोडफोड ग¥यो भन्ने बारेमा आधिकारीक जानकारी छैन् । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले शिलालेख तोडफोड गरेको बारेमा कुनै सूचना नआएको बताए ।‘हामी कहाँ त्यस बारेमा कुनै जानकारी आएको छैन्’उनले भने–‘कसैले यस बारेमा सूचना समेत दिएको छैन् । यस बारेमा हामी बुझ्छौं ।’
शिलालेखमा लेखिएको विवरणमा त्रुटी भएको बिषयमा उद्घाटनको दिन महदेवा क्षेत्रका स्थानीयले सुझाव दिएका थिए । पुल महदेवाको क्षेत्रमा बनेको तर, पुलको नाम शिलालेखमा सिसहनियाँ पुल लेखिएको भन्दै गुनासो आएको थियो ।
महदेवाकाे नाम थपेर नयाँ शिला राख्ने तयारी गरिएको पुल निर्माण सहयाेग समन्वय समितिका अध्यक्ष नन्दकुमार चाैधरीले जानकारी दिए ।`शिला तयार पार्दा महदेवाकाे नाम छुट्न गएछ । त्यसमा थप्ने कुरा भएको थियाे´उनले भने-`नयाँ शिलालेख तयार नहुदा सम्म नहटाउनु पर्ने थियाे । अब नाम सच्चाएर नयाँ शिला राखिन्छ ।´
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो । पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ ।
तोडफोड हुन अघिको शिलालेख