गुल्मी । रेसुंगा नगरपालिका २ का १६ बर्षीय सुनिल विक उपचार खर्च नपाएर अस्पतालमै बन्धक बनेका छन् । ढाडकाे गम्भीर चोटकाे उपचार गर्न पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास आएका उनी उपचार पछि पनि खर्चकाे जाेहाे गर्न नसक्दा घर जान सकेका छैनन् ।
उनले तम्घासका ब्यबसायी पृतम क्षेत्रीको नेटमा तारजाली बिच्छाउने गरिरहेका उनी राति फर्कने बेला रेसुंगा नगरपालिका १३ मा ०७७ पुस ३ गते दुर्घटनामा परेका थिए । उपचारपछि अस्पतालले विकलाई आइतबार डिस्चार्ज ग¥यो । तर, १० दिन उपचार गरेको तीन लाख १५ हजार तिर्ने उपाय विक परिवारको भएन् । जसका कारण अस्पतालले डिस्चार्ज गरे पनि घर आउने अवस्था छैन् । उपचार खर्च नतिरेसम्म अस्पतालले निकस्न नदिएको बुबा सहबिर बिकले जानकारी दिए ।
दुर्घटनामा घाइते बिपन्न मजदुर अस्पतालमा उपचार खर्च तिर्न नसकेर बन्धन बन्नुपर्ने कस्तो बिडम्बना । उपचार खर्च बुझाउन नसकेर अस्पतालकै बन्दक बन्ने भएपछि विकले जिल्लामा सहयोगको हार गुहार गरिरहेका छन् । ‘मेरो घर खाने चामल पनि छैन, घाइते छोरा अस्पतालमा बन्दक बन्यो,’उनले भने,‘निमुखा बाँचेर काम रहेनछ ।’ उनले बिरामीलाई मंलबार बिहानसम्म ननिकाले दैनिक बेडको १५ सय चार्ज लाग्ने अस्पतालले आफुहरुलाई जानकारी दिएको बताए । काम गरेर फर्कदै गरेका विक दुर्घटनामा परेर अस्पतालमै अलपत्र परेपछि सोमबार जिल्लामा मजदुरहरुले सहयोग संकलन गरिरहेका छन् ।
निर्माण मजदुर हकहित संरक्षण समिति नेतृत्वमा २७ हजार ५ सय संकलन गरेर परिवारलाई प्रदान गरिएको समितीका सल्लाहकार भुवन रानाले जानकारी दिए । ‘मजदुरको सरकार पदको लागि गुटगत लडाइँमा छन्,’उनले भने,‘काम गरेर खाने मजदुर दुर्घटनामा परेर उपचार गर्दा पैसा तिर्न नसकेका बन्दक बन्नुपर्ने कस्तो बिडम्बना ! ।’ घाइते सुनिलका बुवा सहविर रेसुङ्गा माबिकाका सुरक्षा गार्ड हुन् ।
उनलाई बिद्यालयमा प्रधानध्यापक प्रेमनारायण भण्डारीले बिद्यालयमा उठाएर ५४ हजार ५ सय हजार पठाएका छन् । घाइते बिकले काम गर्ने कम्पनीका व्यावस्थापक पृतम क्षेत्रीको सोमबार ३५ हजार पठाएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पाल्पा र अस्पतालसंग समन्वय भइरहेकाले केहि उपाय नभए मंगलबार सरोकारवालासंग सहयोेग जुटाएर भएपनि उद्धार गर्ने बताइन् ।
अटो दुर्घटनामा चालक रेसुंगा नगरपालिका १२ का ३० बर्षीय तेजबहादुर राना र रेसुंगा नगरपालिका २ का १७ बर्षीय सुरज विकको मृत्यु भएको थियो । भने रेसुङ्गा नगरपालिका १२ का १७ बर्षीय रमेश खत्री, रेसुङ्गा नगरपालिका २ का १६ बर्षीय रोशन परियार, र १७ बर्षीय सुनील विक घाइते भएका थिए । गुल्मी दरबार गाउँपालिकाको गैँडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।