काठमाडौं-महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेको मृत्यु भएको छ । बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।
न्यौपानेको कम्मरमुनी गोली लागेको थियो । न्यौपानेलाई मंगलबार उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।