गुल्मी–गुल्मी कारागारका प्राय कैदीबन्दीहरुले मुढा बुन्छन्। जसका कारण आफु र घरपरिवारको जिविकोपार्जनमा सहयोग भएको उनीहरु बताउँछन्।
तर, भदौमा उत्पादन गरेर पोखरा पठाएका साढे आठ सय भन्दा बढी मुढाको पैसा नै गायव भएको छ । प्रति मुढा तीन सयका दरले कारागारका पुर्व नाइके लेखनाथ गिरी र चौकीदारले दिपक गिरीले मुढा बिक्री गरेको झण्डै साढे दुई लाख रकम कैदीबन्दीलाई दिएका छैनन् । उनीहरु अहिले तनहुँ कारागार सरुवा भएका छन् ।
हातमा ढेला पारेर बनाएका मुढाहरुको पैसा पनि अर्कैले नदिएपछि समस्या भएको चौकीदार राजु नेपालीले गुनासो गरे ।
करिव साढे २ लाखका मुढाको पैसा फसेपछि उनीहरुले प्रमुख जिल्ला अधिकारी भरत कुमार लगायतको टोलीलाई गुनासो समेत गरे ।
तर, समन्वयको आश गरेका कैदीबन्दीहरुले अभैmसम्म न्याय पाएका छैनन् । कारागार प्रशासनले पनि खासै पहल गरेको छैन । जिल्ला प्रशासन कार्यालय मार्फत प्रमुख जिल्ला अधिकारीलेनै समन्वय गरुन भन्ने पक्षमा कारागार छ ।
‘अहिले बेच्नेहरु अर्कै कारागार छन्, खरिद गर्नेले पैसा दिइसकेको भन्छन्, समन्वय गर्ने कोहि नहुँदा समस्या प¥यो,’–उनले भने,‘कैदी बन्दीहरु पनि ढगिनु ज्यादै दुखको बिषय बन्यो, मिडियाले पनि सहयोग गर्नुस ।’
झट्ट देख्नेले कारागारलाई कारखाना भन्छन् । कारागारमा बिशेष गरेर बाँसका मुडा उत्पादन हुन्छन् । त्यो बाहेक सल, सुइटर, ढकिया र बाँसकै ¥याक, पेनदानी, चुडी लगायतका सामग्री कैदीबन्दीले उत्पादन गर्दै आएका छन् ।
अरु उत्पादनको तुलनामा मुडाको व्यापार राम्रो छ । दैनिक फुटकर २५-३० र मासिक होलसेलमा पाँच÷छ सय बुढा कारागारबाट बिक्री हुने भएकाले कैदीबन्दीले राम्रो आम्दानी समेत गरेका थिए ।
अहिले कोरोना संक्रमणको व्यावसाय ठप्प छ । गुल्मी कारागारका उत्पादित सामग्री जिल्लाका मुख्य बजार बाहेक पोखरा, पाल्पा र बुटवलमा पुग्थे । अहिले कहिँकतैबाट माग नभएकाले अहिले खासै उत्पादन नगरिएको चौकीदार नेपालीले बताए ।
कसरी सुत्ने ? संक्रमणमा जोगिन मुस्किल
कल्पना गरौ २५ जनाको क्षमता भएको ठाउँमा ८९ जना हुँदा कस्तो होला । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरि २५ जनाको हो ।
अहिले कारागारमा ८९ जना छन् । पुरुष कैदी ४३ र बन्दी ३४, महिला कैदी चार र बन्दी चार जना छन् भने कारागारमा दुई जना आश्रित र दुई जना ६५ बर्ष माथिका जेष्ठ नागरिक रहेका छन् । गुड्दैनर मात्रै । गाडी भए दुर्घटना हुन्थ्यो । २५ जनाको क्षमता भएको गुल्मी कारागारले भने ८९ जना थेगेको छ ।
सरकारले कोरोना संक्रमणको कारण सवै क्षेत्रमा सामाजिक दुरी कायम गर्न भनेको छ । तर, साँघुरो र जिर्ण कारागारमा त्यो कसरी सम्भव होला । जिल्ला कारागारका नाइके यम बहादुर सुर्यवंशीले दिउँसोमा बाहिर बस्ने र काम गर्ने भएकाले केहि सहज भएपनि रातमा आफुहरुको कन्तबिजोक हुने गरेको गुनासो गर्नुभयो । ‘रातमा दाउरा चिने जसरी खुट्टा र टाउको जोडेर सुत्छौ,’उनले भने,–‘सामाजिक दुरी एकादेशको कथा हो ।’
कोरोना संक्रमणको बेला कारागारको क्षमताभन्दा तेब्बरबढि कैदीबन्दी भएपछि व्यावस्थापनमा मुस्किल परेको छ ।
त्यतिकै पनि ओसेपिलो ठाउँ । त्योसंगै तम्घासको चिसोले घर परिवारमै बसेकाहरुलाई पनि सताउँछ । जिर्ण कारागारमा सिमित स्रोत साधनमै जीवन कटाइरहेका कैदी बन्दीलाई समस्या नहुने कुरै भएन् । चिसो मौषममा कारागारले दिएका मात्रै ओड्ने ओछ्याउने पुग्दैन् ।
हुने खाने परिवारले व्यक्तिगत रुपमा पनि घरबाट कपडा पु¥याउँने गरेका छन् । तर, बिपन्न परिवार मुटु कमाउँदै सुत्छन् । क्षमताभन्दा तेब्बर बढि कैदीबन्दी भएपछि नियमित खानपान, खानेपानी, सुत्ने र शौचालयको समस्या नयाँ होइन । एउटा मात्रै शौचालय भएकाले दैनिक एक÷आधा घण्टा कुर्नुपर्र्ने बाध्यतामा कैदीबन्दी रहेको अर्का नाइके बुद्ध नेपाली बताए ।
अहेब काजमा, कैदीबन्दीलाई सास्ती
गुल्मी कारागारमा कर्मचारी अभाव पनि छ । कारागारको दरबन्दी १० जनाको हो । अहिले तीन जना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । कारागारमा सहलेखापाल र सिनियर अहेव लगायतका पद रिक्त छ ।
यो संक्रमणको बेलामा पनि सिनियर अहेव नहुँदा कैदीबन्दी सामान्य स्वास्थ्योपचारका लागि पनि अस्पताल पुग्नुपर्ने बाध्यतामा छन् ।
दैनिक एक जना कार्यालयको कर्मचारी र सुरक्षाकर्मी उपचारकै लागि जिल्ला अस्पताल पुग्न पर्ने जानु पर्ने बाध्यता रहेको कारागार प्रमुख भेषराम पन्थले जानकारी दिए । उनले जिर्ण कारागार, क्षमताभन्दा तेब्बर बढि कैदीबन्दी र व्यावस्थापनमा दरबन्दी अनुसारका कर्मचारी र बजेट नहुँदा कारागार धेरै समस्यामा रहेको बताए ।
उनले अझै पनि निरन्तर कारागार आउने कैदीबन्दीलाई छुट्टै व्यावस्थापन गर्ने ठाउँ नभएकाले कोरोना संक्रमणको डरले झनै त्रास सृजना भएको बताए । अहिले पनि कोरोना संक्रमित एक जना जिल्ला कारागारमा रहेका छन् ।