भैरहवा-रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
ओमसतिया गाउँपालिकाका अध्यक्षसहित उनकी २० वर्षीया छोरी, ४२ वर्षीय चालक, ५० वर्षीय एकजना वडा सदस्य र ३२ वर्षीय एकजना वडा सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अध्यक्ष केवटले जानकारी दिए।
यही ३ गते वडा सचिवको र गत बिहिबार अरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएकोमा आज बुधबार रिपोर्ट आएको उनले बताए।
संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा सुरक्षित रुपमा बसेको उनले बताए। केवटका अनुसार कसैलाई पनि लक्षण देखिएको छैन।
जनप्रतिनिधि र कर्मचारीमा संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालय बुधबार राती १२ बजेदेखि यही भदौ २० गतेसम्मका लागि कार्यालयका अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।
जनतालाई सेवा गर्ने क्रममा पि सि आर चेक गर्दा पोजेटिभ देखिएकोले आफुलाइ गर्भ लागेको छ कि सेवा नै धर्म हो सबै जनताको सेवा...
Posted by Hira Kewat Rahul on Wednesday, September 2, 2020