बुटवल-रूपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भैरहवाको भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका वडा नंं ६ सब्जीमण्डीका कोरोना संक्रमित ५७ बर्षीय पुरुषको मृत्यु भएको हो। उपचाररत उनको दिउँसो आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई बुटवलको कोरोना बिशेष अस्पतालबाट यही १५ गते भैरहवाको भीम अस्पताल लगिएको थियो । भीम अस्पपतालमा बुधबार बिहान पनि नवलपरासी पश्चिम रामग्राम ५ की एक ६५ वर्षीय महिलाको मृत्यु भएको थियो । त्यसैगरी आज नै कपिलवस्तुकी ६० वर्षिया अर्की महिलाको बुटवलको कोरोना अस्पतालमा मृत्यु भएको थियो ।