बुटवल-मनसुन फेरि सक्रिय भएको छ। न्यून चापीय रेखा नेपालको दक्षिण क्षेत्रमा आएपछि फेरि मनसुन सक्रिय भएको हो। जसका कारण प्रदेश १ देखि ५ सम्मका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्।
मौसमविदका अनुसार एकैस्थानमा लामो समयसम्म वर्षा नभएर केही स्थानमा भारी वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा प्रदेश नम्बर १, २, बागमती, गण्डकी र प्रदेश ५ का धेरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानमान महाशाखाकी मौसमविद विभूति पोखरेलले पहिला जस्तो न्यून चापीय रेखा एकै स्थानमा नबसेर तलमाथि गरिरहेकोले एकै स्थानमा लामो समयसम्म वर्षा नभएर केही स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको बताइन्।
उनका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भूभागमा नेपाल नजिक छ।