बुटवल-बुटवल उपमहानगरमा थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल ५ निवासी ६७ वर्षीय पुरुषको मृत्यु भएको हो। भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मुटुरोग, मधुमेह र उच्चरक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ।
अस्पतालको फिभर क्लिनिकको आइसोलेशनमा आइतबार बिहानदेखि उपचाररत उनको मध्यान्ह साढे १२ बजे मृत्यु भएको हो।